झरना घुम्न आएकी महिलाको रुखले किचेर मृत्यु

पिपलबाेट संवाददाता


उदयपुरमा रुख ढलेर किच्दा शनिवार एक महिलाको निधन भएको छ । मदन भण्डारी लोकमार्ग अन्तर्गत उदयपुरगढी गाउँपालिका ७ स्थित अँधेरी झरना  घुम्न आएकी कटारी नगरपालिका ४ की ३८ वर्षीया निशा दनुवारको ज्यान गएको हो ।

झरना नजिकै शनिबार दिउँसो ३ः ३० बजे  सडकमाथिको रुख ढलेर रोकिराखेको प्रदेश नं.२ ०१ ००१ नं. को अटोलाई किच्दा अटोभित्र रहेकी दनुवारको घट्नास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

घुमफिर सकेर घर जान लागेका बेला दनुवार अटो चढिसकेकी थिईन् भने अन्य ३ जना अटो चढ्नै लागेका बेला एक्कासी रुख ढलेर अटोमाथि बज्रन पुग्दा घट्ना हुन गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

रुखले किचेर अटो नजिकै रहेका कटारी नगरापलिका ४ कै २७ वर्षीया मीना दनुवार, कटारी ४ कै ४० वर्षीय श्याम दनुवार र अटो चालक कटारी ५ का कुमार तामाङ घाईते भएका छन् । उनीहरुको हात, खुट्टा र टाउकोमा चोट लागेको जनाइएको छ । श्याम मृतकका श्रीमान हुन् ।

घाईते सबैलाई उपचारार्थ कटारी अस्पताल पठाइएको छ भने घट्मृनास्तथलको सर्कजमिन मुचुल्का गरी शब पोष्टमार्टमका लागि अस्पताल पाटाइएको छ । जिल्ला प्रहरी प्रवक्ता डिएसपी बेदप्रसाद गौतमका अनुसार रुखले घट्नास्थलनजिकै रोकिराखेको स १० प ३२७२ नं. को मोटरसाईकलमा पनि क्षति पुगेको प्रहीले जनाएको छ ।

२३ श्रावण २०७८ मा प्रकाशित
Nabintech