‘मानसिक असन्तुलित युवतीको अपहरणपछि बलात्कार’

पिपलबाेट संवाददाता


राप्तीसोनारी गाउँपालिका–२, माथेबासस्थित २५ वर्षीया खत्री थरकी एक युवती घर नजिकैको खैरिखेलामा घाँस काट्दै थिइन्। पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिमतिरबाट मोटरसाइकल सवारी एक व्यक्ति आउँछन् र ति युवतीलाई आफ्नो सवारीमा चढ्न विभिन्न प्रलोभन देखाउँछन्।

युवतीले प्रलोभन अस्वीकार गर्दा पनि ति युवकले फिल्म दृश्य जस्तै गरी जबरजस्ती आफ्नो मोटरसाइकलनमा चढाउँछन्। सुनसान साँझमा उनी अस्वीकार गर्दा कसैले देख्दैन। मानसिक सन्तुलन अस्वस्थ भएकी ति युवतीलाई दाङतिर लग्दै गरेको फुटेज अगैयामा रहेको सिसिटिभी क्यामेरामा पनि कैद भएको छ।

करिब रातिको ७ बजे अगैया र कुसुमबीचको जंगलमा ति युवतीलाई एक्लै छाडेर आफू भाग्छन्। युवतीका परिवारले आफ्नी छोरीलाई युवाले जबरजस्ती करणी गरेर जंगलमा छाडेको दाबी गरेका छन्। ‘रातिमा ललाइफकाइ गरेर जबरजस्ती करणी गरेछ,’ युवतीकी आमाले भनिन्, ‘करणी गरेर केरासँगै पैसा दिएर जंगलमै छाडेछ।’

त्यस साँझ ति युवाले अनैतिक कार्य गरेको उनले आमालाई बताएकी छिन्। राति एक सय ५० रूपैयाँ दिएर एक्लै घना जंगलमा छाडेको पीडित युवतीलाई उदृढ गर्दै उनले भनिन्, ‘दाङको लमही बजार घुमाउनेलगायत विभिन्न आश्वासन दिएको थियो।’ युवतीको शरीरमा बाहिरी चोटपटक भने केही देखिँदैन।

ति युवकले अपहरण शैलीमा लिएर बलात्कार गरेको हुन सक्ने भएकाले प्रहरीले उनको स्वास्थ्य परीक्षणसमेत गराएको छ। ‘ऊ (ति युवती) मानसिक सन्तुलन गुमाएकी छ,’ उनले भनिन्, ‘जसले जता भन्यो उतै जान्छे। तर त्यस दिन भने उसले इन्कार गरेको बताएकी छ।’ ‘सायद छोरीले कराउने, चिच्याउनेलगायतका क्रियाकलाप गरेको भए ज्यानै जाने रहेछ,’ उनले भनिन्, ‘तर झन्नका पापीले छाडिदिए छ।’

त्यस रात त्यहाँका स्थानीयहरु जंगलमै थिए। गाउँका गाईभैंसी हराएपछि उनीहरु खोजीका लागि जंगलमा थिए। गाईभैंसी खोज्न गएका स्थानीयले युवतीलाई राति करिब ७ बजेतिर स्यानीखोलाका स्थानीयहरूले फेला पारेका थिए। जंगलमा गाउँले भएको थाहा पाएको हुनाले त्यहाँबाट उक्त युवा भागेको हुनसक्ने आफन्तको अनुमान छ।

मोटरसाइकलमा लिएर अपहरण गरिएकी भनिएकी ति युवतीलाई सकुशल आफन्तको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक होमप्रसाद चौधरीले जनाए। ‘ति युवतीले केटालाई चिन्दैनिन्,’ उनले भने, ‘सिसी क्यामेरा हेर्दा त्यहाँ मोटरसाइकल नम्बर पनि देखिँदैन।’ युवतीलाई लिएर जंगल छाड्ने युवालाई पत्ता लगाउन कठिन भए पनि यस विषयमा अनुसन्धान र खोजतलास भइरहको उनको भनाइ छ।

(आमाको नाम उल्लेख गर्दा युवतीको नाम खुल्ने हुँदा युवती र उनको आमाको नाम गोप्य राखिएको छ ।)

२३ श्रावण २०७८ मा प्रकाशित
Nabintech