खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गर्ने ४ जनालाई प्रहरीले कलंकीबाट पक्राउ गरेको छ ।
प्रहरीले पसल सञ्चालक भारतको बिहार बाहराइज घर भइ कलंकी खसीबजार बस्ने गुलाम रसोल क्रोसिल, जविर क्रोसिल, जाविर क्रोसिल र मटान पुरेसीलाई पक्राउ गरेको हो ।
बाख्रीको पहिचान खुल्ने अंग लुकाइ खसीको मासुमा मिसाएर बिक्री गरेको अवस्थामा पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्रा प्रहरी उपरीक्षेक रमेशकुमार बस्नेतले बताए ।
प्रहरीले बिक्री वितरण गर्नका लागी राखिएको १५ बाख्री र खसीको मासु भनी बेच्नको लागि तयार गरिएका २ वटा तयारी बाख्रीको मासु पहिचान खुल्ने अंग लुकाइएको अवस्थामा प्रहरीले बरामद गरेको छ ।
२३ श्रावण २०७८ मा प्रकाशित