बाँकेमा शनिबार थप २१ जनामा कोरोना भाइरस संक्रमण पुस्टि भएको छ ।
जिल्लाका तीनवटा प्रयोगशालामा १३९ नमूना परिक्षण गर्दा बाँकेका ११ सहित थप २१ जनामा भाइरस संक्रमण पुस्टि भएको हो ।
भेरीको प्रयोगशालामा ११, मेडिकल कलेज कोहलपुरको प्रयोगशालामा ६ र बागेश्वरीको प्रयोगशालामा ४ जनामा भाइरस संक्रमण पुस्टि भएको छ ।
यो संगै जिल्लामा भाइरस संक्रमितको संख्या १७ हजार ७ सय १७ पुगेको छ । शनिबार थप ७ जना डिस्चार्ज भएका छन । यो संगै डिस्चार्ज हुनेको संख्या १७ हजार २ सय ७९ पुगेको छ ।
बाँकेमा १७ जना सिकिस्त बिरामी छ्न भने मध्यम बिरामीको संख्या २३ पुगेको छ । ७ जनाको भेन्टिलेटरमा राखेर उपचार चलिरहेको छ ।
पछिल्ला केहिदिन देखि बाँकेमा गम्भीर बिरामीको संख्या बढदै गएको छ ।
२४ श्रावण २०७८ मा प्रकाशित