नेकपाद्धारा नदिजन्य सामाग्री जनताको सम्पतिका रुपमा घोषणा गर्न माग

पिपलबाेट संवाददाता


नेपाल कम्प्युनिष्ट पार्टी जिल्ला कार्य समिति बाँकेले राप्तीसोनारी गाउँपालिमा खोला किनार वरिपरी जम्मा गरी राखेका ढुंगा, गिट्टी र बालुवा उत्खलन गर्ने अनुमति लिएका कम्पनीहरुले सम्झौता भन्दा कैयौं गुणा बढि परिमाणमा उत्खलनन गरि राज्यको सम्पत्तिमाथि चरम दोहन गरेको तथ्य प्रमाणित भएकाले उक्त नदी जन्य बस्तु जनताको सम्पतिका रुपमा घोषणा गर्न माग गरेको छ ।बाँकेको कोहलपुरमा आईतबार पत्रकार सम्मेलन गरी नेपाल कम्प्युनिष्ट पार्टी बाँकेका सेक्रेटरी अनिल खड्काले राप्तीसोनारी गाउँपालिका, अन्तर्गतका राप्ती नदी लगायत विभिन्न ठाउमा राखिएका नदी जन्य बस्तु स्थानिय सरकारले आफ्नो स्वामित्वमा गरेर जनता सम्पतिको रक्षा गनुपर्ने माग गरेका छन् । साथै उनले आफ्ना मागहरु साउन महिना भित्र पुरा नगरे राप्तीसोनारी गाउँपालिका, जिल्ला प्रसशान कार्यालय बाँके, जिल्ला समन्वय समिति कार्यालय बाँके र वन डिभिजन कार्यालय बाँकेका विरुद्ध थप संघर्षका कार्यक्रमहरु सार्वजनिक गर्ने चेतवानी समेत दिएका छन् ।कार्यक्रममा बोल्दै नेकपा बाँके जिल्लाका ईञ्चार्ज दिपक चलाउनेले कोरोनाको भ्याक्सिन मागि समेत सत्ता र शक्तिको दुरुपयोग गरिएका तथ्यहरु सार्वजनिक भईरहेको बताउँदै देश दुशासनको डरलाग्दो चक्रव्यूहमा फसिरहेको बताएका छन् । साथै अग्रगमन सहितको समृद्धि र समृद्धि सहितको शान्ति मात्रै वास्तविक स्थायित्व र विकासको आधार भएकाले जनताको भावनालाई आत्मासाथ गरि काम गर्न सबैलाई सुझाव समेत दिएका छन् ।अव आफ्नो पाटि जनताको कामको लागी जहिले पनि अगाडि हुने अनिल खड्काले वताए । उनले भने स्थानिय सरकारमा देखिएको घुष, भ्रष्टाचारका वारेमा आफुहरुले खवरदारी गर्ने दावि गरे । अग्रगमन सहितको समृद्धि र समृद्धि सहितको शान्ति मात्रै वास्तविक स्थायित्व र विकासको आधार हुने भएकोले सम्बन्धित सबैमा आफ्नो पार्टि गम्भिर बन्ने र आवश्यक पहलकदमी दिने प्रेस वक्तव्य मार्फत जानकारी गराए । बाँँके जिल्लाका विभिन्न खोलाहरु वाट ठुलो परिणाममा उत्खलन गरि सर्वजनिक जमिनमा नदी जन्य सामाग्री राखिएको छ । यस विषयमा सवै क्षेत्रको चासोको विषय वनेको छ ।

 

२४ श्रावण २०७८ मा प्रकाशित
Nabintech