कोहलपुरमा विद्यार्थी भौतिक उपस्थिती बन्द शिक्षक भर्ना खुल्ला

पिपलबाेट संवाददाता


विश्व भरी कोरोना महामारीले आक्रन्त वनाएको छ । यसवाट नेपाल पनि अछुतो रहन सकेको छैन । कोरोनाका कारण सवै भन्दा अस्त व्यस्त बनेको नेपालको शिक्षा क्षेत्र हो । कोरोनाका कारण विद्याथीहरु भौतिक रुपमा विद्यालय नगएको धेरै भई सकेको छ । यता बाँके जिल्लामा भने विद्यार्थीहरु भौतिक रुपमा विद्यालय उपस्थित नहुन केन्द्रिय र स्थानिय सरकारले भन्दै आएको छ । तर स्थानिय सरकारले विभिन्न विद्यालयहरुका करार शिक्षक को माग गर्दै सूचना प्रशासन गर्दै आएका छन् । यता विद्यार्थीहरु स्कुल जान रोक्ने तर शिक्षक भर्ना गरेर आफ्ना निजिकका मानिसहरुलाई शिक्षक वनाउने कार्यमा विद्यालय व्यवस्थापन समिति लागी रहेको देखिन्छ । तर यस विषयमा नगर शिक्षा शाखाले अनुमति दिएर मात्र शिक्षक भर्ना गर्न सकिने भएकाले यस विषयमा स्थानिय सरकारहरु किन उदासिन भएका छन् । यसरी राखिने शिक्षक ÷शिक्षिकाहरु वाल वालिकालाई नपढाएर तलव खान पाउने अवस्था भएको देखिन्छ ।कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टोपेन्द्र केसीले नगर त्यस्तो विज्ञापन भएको भए आफुले नगर शिक्षा प्रमुख संग कुरा गरेर उचित निकास निकाल्ने वताए ।कोहलपुर नगरपालिका भित्रका सवै सामुदायिक विद्यालयमा अनलाईन कक्षा संचालन हुन सकेको छैन । त्यस तर्फ कोहलपुर नगर,शिक्षा को ध्यान जान जरुरी गरेको देखिन्छ ।

२६ श्रावण २०७८ मा प्रकाशित
Nabintech