कोहलपुर बाणिज्य संघद्धारा घर धनीहरुलाई सम्मान

पिपलबाेट संवाददाता


कोहलपुर उद्योग बाणिज्य संघद्धारा घरभाडा छुट दिने घरघनीहरुलाई सम्मान गरेको छ ।संघले कोरोना भाईरसका कारण जारी निषेधज्ञाको समयमा घर वा सटर भाडामा लिएर आफ्नो व्यापार व्यावसाय गर्ने भाडा वाला लाई मासिक भाडा मा छुट गर्ने कोहलपुर क्षेत्रका २६ जना घर धनीहरुलाई बुधबार सम्मान गरेको हो ।कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य चक्र बहादुर अधिकारीले कोरोना भाईरसका कारण पूर्ण रुपमा लकडाउन हुँदा आफ्नो व्यापार व्यावसायी बन्द गरेर बस्दाको समयमा केहि उदार र सहयोगी मन भएका घर धनीहरुले आफुले पाउने घर भाडामा छुट दिनु आफैमा सम्मान जनक कार्यभएको वताए । साथै व्यवसायीहरुले पछिल्लो समय करदेखि लिएर बैंकको ब्याज सम्म तिर्न सक्ने अवस्था नरहेको भन्दै कोरोनाबाट बच्ना लागि खोप आवश्यक रहेको बताएका छन् । साथै उनले नेपाल उद्योग वाणिज्य महासंघले आफ्ना उद्योगि व्यवसायीहरुका लागि ४० लाख खोप सशूल्क किन्न खोज्दा सरकारले अनुमति नदिएको समेत बताएका छन् ।कार्यक्रममा बोल्दै कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेलले व्यवसायीहरु लाई घरभाडा छुट्ट दिने कोहलपुर उद्योग वाणिज्य संघको आग्रहलाई आत्मासाथ गरी घरभाडामा छुट्ट दिएर व्यवसायीमैत्री घरधनिका रुपमा चिनाउन सफल भएकोले सम्मान गरिएको बताएका छन् । कार्यक्रममा बोल्दै नेपाल उद्योग महासंघ लुम्बिनी प्रदेश सदस्य नरेन्द्र शर्माले आर्थिक रुपमा व्यवसायीहरु सक्षम भए देशको आर्थिक विकास हुने भन्दै कोरोना कारण उद्योगि व्यवसायीहरुले ज्यान गुमाएको भन्दै कोरोनाको महामारीबाट सबै बच्नुपर्ने बताएका छन् । कार्यक्रममा बोल्दै संघका पूर्व अध्यक्ष कर्ण बहादुर थापाले उद्योगि व्यवसायीहरुका समस्या धेरै रहेकाले विभिन्न ठाउँबाट सहयोग गर्नुपर्ने बताएका छन् । कार्यक्रममा बोल्दै संघकै पूर्व अध्यक्ष चिन्तामणि धितालले महामारीको बेला मानविय सेवामा सबै लाग्नुपर्ने भन्दै कोहलपुर उद्योग वाणिज्य संघले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत काम गर्न सुझाव समेत दिएका छन् । साथै उनले संस्थाको भवन तत्काल निर्माण गर्न नयाँ कार्य समितिलाई सुझाव दिएका छन् । कार्यक्रममा बोल्दै पूर्व अध्यक्ष राजेन्द्र श्रेष्ठले कोरोनाका कारण बैंकहरुले व्यवसायीहरुलाई तनाव दिईरहेको बताउँदै राज्यले उचित निकाश दिनुपर्ने बताएका छन् । घरधनीको तर्फबाट बोल्दै सुरज गिरीले राज्यले व्यवसायीहरुलाई कोरोना महामारीमा कुनै पनि सहयोग नगरे पनि घरधनिहरुले केहि घरभाडा छुट्ट गर्नुपर्छ भन्ने सोचका साथ घरभाडा छुट्टगरिएको बताएका छन् । कार्यक्रममा बोल्दै संघका वरिष्ठ उपाध्याक्ष प्रदिपभट्टराईले महामारीको बेला विभिन्न क्षेत्रबाट सहयोग गर्नुपर्ने भन्दै घरभाडा छुट्ट दिएकोमा सबैलाई संघले सम्मान गरेको बताएका छन् । कार्यक्रमा मध्य पश्चिम सुन चाँदी व्यावसायी संघका अध्यक्ष देवीलाल सुनार , यस्तो महामारीको समयमा व्यावसायीहरुलाई आफुले सकेको सहयोग गर्नु भनेको ठुलो सम्मान भएको वताए । यस खालको कार्यले घरवेटी र भाडा वाला विच देखिएको दुरी केहि मात्रामा भए पनि कमहुने वताए । कार्यक्रमा घर वेटिको तर्फवाट आफ्नो धारणा राख्दै सुरज गिरीले भने सधै दुध दिन गाईलाई विरामी चोट लागेको समयमा मलम लगाउनु भनेको ठुलो कार्य भएकाले आफुहरुले व्यापारीहरु लाई सानो सहयोग गरेको वताए । साथै अन्य घरधनीहरुलाई समेत केहि घर भाडा छुट गर्न आग्रह समेत गरे । साथै सोहि अवसरमा कोहलपुर क्षेत्रमा व्यापार व्यवसायी गरिरहेका व्यवसायीहरु लाई कर सम्बन्धी प्रशिक्षण दिईएको थियो । आन्तरिक राजश्व कार्यालय नेपालगञ्जका प्रमुखा शरद चन्द पौडेल र कर अधिकृत राजेन्द्र पाण्डेले व्यवसायीहरुलाई कर सम्बन्धी प्रशिक्षण दिएका
थिए ।

२७ श्रावण २०७८ मा प्रकाशित
Nabintech