भन्सार छलि ल्याएको चाँदीको बालासहित मुगुका तामाङ पक्राउ

पिपलबाेट संवाददाता


भन्सार छलि ल्याएको चाँदीको बालासहित बाँके प्रहरीले एकजनालाई पक्राउ गरेकोछ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार पक्राउ पर्नेमा मुगु जिल्ला रउ गाउँपालिका वडा नम्बर–६ बस्ने २८ वर्षिय कर्माठिले तामाङ पक्राउ परेका हुन् । पक्राउ परेका तामाङबाट १५ थान चाँदीको बाला बरामद भएकोथियो । उक्त चाँदीको बालाको अन्दाजी मूल्य ६४ हजार ८६ रुपैयाँ रहेको प्रहरीले बताएकोछ । तामाङलाई नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर –१५, जमुनाहबाट पक्राउ गरिएको थियो । पक्राउ परेका तामाङलाई आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको छ । यसैबीच, बाँके प्रहरीले डुडुवा गाँउपालिका वडा नम्बर–६ मोहनपुर्वा स्थित छब्बन खानको जमिनमा रहेको झाडी भित्र लुकाई राखेको ३ थान सालको गोलिया (काठ) बरामद गरेकोछ । अन्दान्जि एक लाख ९६ हजार ५६० रुपैयाँ बराबरको उक्त सालको गोलिया (काठ) ईलाका प्रहरी कार्यालय हिरिमिनियाबाट खटेको प्रहरी टोलिले फेला पारेको हो । बरामद सालको गोलिया आवश्यक कारबाहीको लागी वन डिभिजन कार्यालय नेपालगन्ज पठाइएको छ । यस्तै बाँके प्रहरीले बिहिबार बेवारीसे अवस्थामा रहेका कपडा वरामत गरेको छ । कुर्ता , सुरुवाल , लगाएका करिव ५५हजार २सय रुपैया वरावरको कपडा वरामत भएको जिल्ला प्रहरी बाँकेले वताएको
छ । सो कपडा आवश्यक कार्वाहिको लागी भन्सार कार्यालय नेपालगन्जलाई बुझाएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

२८ श्रावण २०७८ मा प्रकाशित
Nabintech