बाँकेको कृषि ज्ञान केन्द्रले यस आर्थिक वर्षका लागी कृषि अनुदानका कार्यक्रमलाई मुख्य प्राथमिकताका साथ राखेको छ । आज ज्ञान केन्द्रले आफ्नो सभाहलमा आयोजना गरेको स्वीकृत वार्षिक कार्यक्रम सार्वजनिक समारोहमा पत्रकार तथा कर्मचारीहरुलाई जानकारी गराउदै अनुदानका कार्यक्रममा धेरै बजेट छुट्टाइएको जनाएको छ ।
कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालले चालु आर्थिक वर्ष २०७८÷०७९का लागी कुल ११ करोड ६१ लाख ६९ हजार बजेट स्वीकृत भएको जानकारी दिनुभयो । कार्यालयले अनुदानका कार्यक्रमलाई विशेष जोड दिएकाले ७ करोड ४ लाख ४१ हजार रुपैया किसानलाई प्रतक्ष्य अनुदान वितरण गरिने गरि कार्यक्रम बनाइएको कार्यालय प्रमुख ढकालले जनाउनुभयो । यि मध्ये ४ करोड ५६ लाख २८ हजार सेवा मुलक खर्च अन्तर्गत छुट्टाइएको छ ।
जसमा तालिम, गोष्ठि, भ्रमण, कर्मचारी तलब भत्ता लगाएतका रहेका छन । कार्यालयले स्मार्ट कृषि गाउँ कार्यक्रमलाई क्रमागत रुपमा राखेको छ । सघं शसर्त अनुदान मार्फत ब्लक विकास कार्यक्रमलाई पनि निरन्तरता दिइने गरि कार्यक्रम बनाएको छ । अभियान मुखि (मिसन) कृषि तथा पशुपन्छि विकास कार्यक्रम, कृषि उत्पादन, खाद्य तथा पोषण सुरक्षा कार्यक्रम, कृषि तथा पशुपन्छि स्रोत तथा प्रविधि सेवा टेवा बिस्तार कार्यक्रमलाई जोड दिएको छ । जस अन्तर्गत स्मार्ट कृषि गाउँ कार्यक्रम प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि तर्फको व्यवसायिक कृषि उत्पादन केन्द्र (ब्लक) विकास कार्यक्रमलाई निरन्तरता दिएको छ । अभियानमूखि (मिसन) कृषि तथा पशुपन्छि विकास कार्यक्रम अन्तर्गत रोड, करिडोर लक्षित कार्यक्रम, त्यस्तै फलफुल विरुवा रोपण अभियान, मकै मिसनको क्रमागत, मकै मिसन नयाँ, आलु मिसन नयाँ, दलहन मिसन कार्यक्रमलाई राखेको छ । कृषि उत्पादन खाद्य तथा पोषण कार्यक्रम अन्तर्गत बजारीकरणका लागि ५० प्रतिशत अनुदानमा अटो रिक्सा वितरण, च्याउ ग्राम स्थापना फलोअप कार्यक्रम, फलफुल बगैचा सुदृढिकरण कार्यक्रम, साना सिंचाई सहयोग सहित कृषि उत्पादन कार्यक्रम, प्रतिफलमा आधारित प्रोत्साहन अनुदान कार्यक्रम, बिउ आत्मनिर्भर कार्यक्रम (खाद्यान्न, दलहन, तेलहन), तरकारी, पुष्प तथा फलफुल नर्सरी स्थापना सुदृढिकरण कार्यक्रम, भूमिहीन किसानका लागि करार खेती, स्थानीय तहसँगको सहकार्यमा करार खेती कार्यक्रम, सिंचित क्षेत्र लक्षित कृषि विकास कार्यक्रम, मौरी विकास कार्यक्रम, करार खेती प्रवद्र्धन कार्यक्रम, स्थानीय तहसँगको सहकार्यमा करार खेती कार्यक्रम नयाँ थप, स्थानीय तहसँग सहकार्यमा क्रमागत, तरकारी प्रवद्र्धन कार्यक्रम, कोभिड विशेष मागमा आधारित कृषि, पशुपन्छि विकास कार्यक्रम, जडिबुटी खेती, प्रशोधन, भण्डारण तथा बजारीकरण प्रवद्र्धन रहेका छन् । कृषि तथा पशुपन्छि स्रोत तथा प्रविधि सेवा टेवा बिस्तार कार्यक्रम अन्तर्गत नमूना फार्म स्थापना, धान मिलहरुसँगको सहकार्यमा मसिना तथा बासनादार धान प्रवद्र्धन कार्यक्रम, महिला लक्षित सहकारी उद्यमशीलता कार्यक्रम लगायतका रहेका छन् ।ज्ञान केन्द्र प्रमुख सागर ढकालको अध्यक्षतामा भएको कार्यक्रममा भेटेरीनरी अस्पताल तथा पशु सेवा विक केन्द्र बाँकेका प्रमुख कमला अधिकारी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।