राप्ती सोनारीको विकासबारे मन्त्रीसँग छलफल

पिपलबाेट संवाददाता


राप्ती सोनारी गाउँपालिकाको समर्ग विकासका बारेममा लुम्बिनी प्रदेश ग्रामीण तथा शहरी विकासमन्त्री डिल्लीबहादुर चौधरीसँग छलफल गरिएको छ । शुक्रबार राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुलगायतको टोलीले मन्त्री चौधरीलाई दाङको देउखुरीमा भेटेर पालिकाको विकासका बारेमो छलफल गरेका हो ।
छलफलमा थारुले पालिकाले गरेका विकास निर्माणका कार्यबारे मन्त्री चौधरीलाई जानकारी गराए । उनले राप्ती सोनारीमा अझै गर्नुपर्ने कामका बारेमा पनि मन्त्रीसँग छलफल गरेका छन् ।
थारुले पालिकामा रहेका बाटो, स्वास्थ्य, खानेपानी, पालिकामा रोजगारीको वृद्धिलगायतका विषयमा मन्त्री चौधरीसँग छलफल गरेका छन् ।


मन्त्री चौधरीले भौगोलिक हिसावले राप्ती सोनारी ठूलो रहेको बताउँदै, पालिकाको विकासमा चासो रहेको बताए । चौधरीले राप्ती सोनारीमा अझै धेरै विकासका काम गर्नुपर्ने र त्यसको लागि आफूले सक्दो सहयोग गर्ने बताए ।
उक्त छलफल कार्यक्रममा नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ का सभापति माधवराम खत्रीपालिकाका पालिकाका विभिन्न वडाका वडाअध्यक्षहरुको पनि उपस्थिति रहेको थियो ।

२९ श्रावण २०७८ मा प्रकाशित
Nabintech