तरुण दलको कार्यक्रममा ७७ जनाले गरे रक्तदान

पिपलबाेट संवाददाता


राप्ती सोनारी गाउँपालिका–३ मा नेपाल तरुण दल राप्ती सोनारी वडा नम्बर ३ ले आयोजना गरेको कार्यक्रममा ७७ जनाले रक्तदान गरेका छन् । तरुण दलले शनिबार आयोजना गरेको कार्यक्रता भेटघाट तथा परिचयात्मक कार्यक्रममा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।उक्त कार्यक्रममा नेपाल तरुण दल बाँके जिल्ला अध्यक्ष वीरेन्द्र शाहको प्रमुख आतिथ्यता रहेको थियो । साथै विशिष्ट अतिथिमा नेपाल कांग्रेस बाँकेका उप–सभापति फूलराम थारु, नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ का सभापति माधवराम खत्री, नेपाली कांग्रेस जिल्ला सचिव तप्त पौडेल, नेपाली कांग्रेस जिल्ला सदस्य एवम् पालिका अध्यक्ष लाहुराम थारुलगायतको सहभागीता रहेको थियो ।
कार्यक्रममा विभिन्न पाटी परित्याग गरी आएका व्यक्तिहरुले पनि दलमा प्रवेश  गरेका छन् । कार्यक्रममा अन्य पाटी त्याग गरी आएका ७५ जनाले प्रवेश गरेका हुन् ।कार्यक्रममा प्रमुख अतिथि ले नेपाली काँग्रेसमा अव युवाहरुले नेतृत्व गर्नु पर्ने समय आएको वताए । युवाहरुलाई नेताहरुले सही स्थानमा समेटेर अगाडि वढाउनु पर्ने आजको आवश्यकता भएको शाहले वताए । ्अतिथिहरुले पाटीलाई बलियो र पाटीलाई अगाडि बढाउन युवाहरुको महत्वपूर्ण भूमिका रहने बताए । उनीहरुले पुरान एवम् नयाँ आएका सबै युवाहरुलाई पाटीले सामाजिक भूमिका, पाटीप्रतिको इमान्दारीता र जनताका हितमा काम गर्न सदैव प्रेरित गरिरहेने बताए ।कार्यक्रममा नेपालिका काँग्रेसका महासमिति सदस्य भानुभक्त भट्टराई , नेविसंघका जिल्ला अध्यक्ष पुर्ण आचार्य , नेपालिका काँग्रेसका महाधिवेसन प्रतिनिधि लक्ष्मी नारायण शाह , युवा नेता पोशण केसी , लगायता दुई जर्दन नेताहरुको सहभागिता रहेको थियो । कार्यक्रमा सहभागी सवैले नेपाली काँग्रेसलाई आगामी निर्वाचनमा देशकै ठुलो पार्टी वनाउनु पर्ने गरेर लाग्नु पर्ने वताएका थिए ।नेपाली काँग्रेसको आगामी भदौ १८ गते देखि मंसिर १९ गते सम्म विभिन्न तहको अधिवेशन हुने भएको छ । अधिवेशनले नयाँ नेतृत्व आउने छ ।

३० श्रावण २०७८ मा प्रकाशित
Nabintech