ज्ञानोदय पुस्तकालयद्धारा अपाङ्ग तथा विपन्न २० परिवारलाई खाद्यन्न तथा स्वास्थ्य समाग्री वितरण

पिपलबाेट संवाददाता


ज्ञानोदय सामुदायिक पुस्तकाल तथा श्रोत केन्द्र कोहलपुरले खाद्यन्न तथा स्वास्थ्य समाग्री वितारण गरेको छ । लामो कोरोनाका कारण समाजमा उत्पन्न समस्यालाई मध्य नजर गरेर अपाङ्ग भएका अति विपन्न परिवारलाई खाद्यन्न र स्वास्थ्य समाग्री वितरण गरेको छ । रिट नेपाल र ए.एस.वी जमर्नीको आर्थिक सहयोगमा कोहलपुरमा संचालनमा रहेको कोभिड –१९ प्रतिकार्य परियोजना अन्र्तगत ज्ञानोदय सामुदायिक पुस्तकाल ले खाद्यन्न समाग्री वितरण गरेको छ । कोहलपुर नगरपालिका वडा नं. १५मा रहेका २० घर परिवारलाई खाद्यन्न समाग्री वितरण गरिएको हो । राहात समाग्रीमा २५ केजी चामल, २ केजी दाल , १ केजी चना , १ केजी नुन , २ लिटर तेल , १ पाकेट मसला लगाए केहि स्वास्थ्य समाग्री
वितरण गरिएको थियो । खाद्यन्न वितरण कार्यक्रमका प्रमुख अतिथि रिड नेपालका कार्यक्रम संयोजक राजेश चौधरीले बन्दको समयमा अति विपन्न तथा अपाङ्ग भएका मानिसहरुलाई सानो भएपनि सहयोग गर्न लागेको वताए । उनले महामारीको समयमा समाजमा हुनेहरुले नहुनेलाई सहयोग गर्नु पर्ने  वताए । कार्यक्रमा वडा नं. १५का वडा अध्यक्ष पतिराम थारुले ज्ञानोदयले पटक पटक यस्ता कार्यक्रम गरेर आफ्नो वडालाई सहयोग गरेकोमा धन्यवाद दिएका थिए । अन्य संघ संस्थाहरु वजार मुखी हुने गरेकोमा ज्ञानोदय पुस्तकालय गाँउ लक्षित कार्यक्रम गर्ने गरेको वताए । कार्यक्रमा ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र कोहलपुरका अध्यक्ष चेतकान्त भट्टराईले समुदायमा रहेका अति विपन्न तथा अपाङ्ग भएका नागरिक लाई सहयोग गर्ने कार्यक्रम रहेकाले अन्य समुदायलाई सहयोग गर्न नसकिएको वताए । पुस्तकालयले कोहलपुर नगरपालिकामा रहेका अपाङ्ग किशोरीहरुको लागी केहि स्वास्थ्य समाग्री समेत वितरण गरिने जानकारी गराएका थिए । कोभिडका कारण समस्यामा परेका अपाङ्गहरुको लागी स्थानिय सरकारले केहि राहातको प्याकेज ल्याउनु पर्ने आवश्यकता भएको वताए । कार्यक्रमा रिड नेपालका फिल्ड कोडिनेटर कान्छा लामा , पुस्तकालयका कार्यक्रम संयोजक ठाकुर भुषाल, सदस्य गीता प्याकुरेल , वडा नं. १५ का वडा सचिव , पुस्तकालयका कार्यालय प्रमुख जानकी सापकोटा लगाएतको उपस्थिती रहेको थियो । पुस्तकालयले शनिबार नै वडा नं. १५मा रहेको शम्शेरगन्ज स्वास्थ्य चौकीलाई पानी टेङ्की सहितको हातधुने मेसीन समेत हस्तान्तरण गरेको कार्यक्रमका फोकल प्रशन शिवध्वज शाहीले जानकारी गराए ।

३० श्रावण २०७८ मा प्रकाशित
Nabintech