कांग्रेसको क्रियाशील सदस्यता विवाद सकियो, समितिले बुझायाे प्रतिवेदन

पिपलबाेट संवाददाता


कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधान समितिले प्रतिवेदन बुझाएकाे छ । साेमबार साँझ समितिका सदस्यहरूबीचकाे बैठक सम्पन्न भएिछि प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा समितिले पार्टी सभापति र वरिष्ठ नेता रामचन्द्र पाैडेललाई संयुक्त रूपमा प्रतिवेदन बुझाएको हो ।

गत साउन ३० गते पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा क्रियाशील सदस्यता विवाद समाधान समिति गठन गरिएको थियो । नेताहरू डा. मीनेन्द्र रिजाल र रमेश लेखक सदस्य रहेको समितिलाई भदौ २ गते क्रियाशील सदस्यता विवरण बुझाउन समय तोकी जिम्मा दिइएको थियो । तर, समितिले आजमात्र प्रतिवेदन बुझाएकाे हाे ।

कांग्रेसले यही भदौ १८ गतेबाट वडा अधिवेशन गर्ने कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ ।

७ भाद्र २०७८ मा प्रकाशित
Nabintech