नेपाली काँग्रेस कोहलपुर नगरद्धारा अग्रज क्रियासिल सदस्य सम्मान

पिपलबाेट संवाददाता


नेपाली काँग्रेस कोहलपुर नगर समितिले नेपाली काँग्रेस पार्टिमा विगत देखि हाल सम्म योगदान दिएका ६५ वर्ष उमेर पुगेका क्रियासिल सदस्यहरु लाई सम्मान गरेको छ । नेपाली काँग्रेस वडा नं. १ले बुधबार एक कार्यक्रमका विच वडा वडा कार्यालयमा सम्मान गरेको हो । सम्मानहुनेहरुमा तिलक नेपाल , जागस्वर भुसाल, टंक प्रसाद सिंखडा, भक्त बहादुर ओली , कृष्ण प्रसाद रिजाल , गंग वहादुर सुनार , लाल वहादुर श्रेष्ठ , डण्डपाणी सिंखडा , कुल बहादुर खत्री, नैन सरा योगी, गंगा चन्द , सतिराम चौधरी र चुडामणी पराजुली लाई सम्मान गरिएको थियो । सम्मान कार्यक्रमको सभापतित्व वडा सभापति तिलक नेपालले गरेका थिए । भने कार्यक्रममा नेपाली काँग्रेस कोहलपुर नगर सचिव भुम वहादुर भण्डारीले नेपाली काँग्रेसका अग्रज नेताहरुको योगदानले आज आफुहरु काँग्रेस वन्न पाएको वताए । उहाहरुले काँग्रेसलाई न वचाएको भए अहिले देश काँग्रेस मय हुने थिएन भण्डारीले भने । आफुहरुले सवै वडाहरुमा रहनु भएका ६५ वर्ष माथिका क्रियासिल सदस्यहरु तथा अग्रज सम्मन गर्ने कार्यक्रम सवै वडामा गर्ने भण्डारीले जानकारी गराएका थिए । कार्यक्रममा वोल्दै वडा सभापति तिलक नेपालले आफुहरुलाई पार्टिले घरमा आएर सम्झेकोमा खुसी लागेको वताए । यस्ता काम लाई अगाडि वढाउनु पर्ने वताए । कार्यक्रमा नेपाली काँग्रेसका तर्फ वाट राष्ट्रिय सभा का उमेदवार लुट वहादुर के.सी नेपाली काँग्रेसका वडा नंं १० का सचिव सनत रेग्मी , पत्रकार चेतकान्त भट्टराई , पुर्व जिल्ला सदस्य सतीदेवि ढकाल लगाएको उपस्थिती रहेको थियो । कार्यक्रम संचालन वडा सचिव भाजेन्द्र रेग्मीले सन्चालन गरेका थिए ।

९ भाद्र २०७८ मा प्रकाशित
Nabintech