नेपाली काँग्रेस कोहलपुर नगरपालिका वडा नंं. १०मा क्रियासिल सदस्यहरुको वडा भेला सम्पन्न

पिपलबाेट संवाददाता


नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिबेशनका लागि कोहलपुर नगरपालिका वडा नंंम्वर –१० वडा कार्यसमितिले वडा भेला गरेको छ । वडा भेलामा बोल्दै नेपाली काँग्रेसका अग्रज नारायन प्रसाद सिग्देलले नेपाली काँग्रेसका क्रियासिल सदस्यहरुले सर्व सहमतिको आधारमा वडा समिति गठन गर्नु पर्ने अहिलेको आवश्यकता रहेको वताए । वडामा सर्व सहमति गरेमा आउने वडाको र नगरको निर्वाचनमा अन्य पार्टिहरु संग चुनाव लड्दा सजिलो हुने वताए । यस्तै भेलामा नेपाली काँग्रेसका जिल्ला सदस्य गौरा भट्टराईले नेपाली काँग्रेसको १४औं अधिवेसनमा वडा तह देखि नै सवै जना मिलेर अगाडि बढ्नु पर्ने अहिलेको आवश्यकता भएको वताईन् । पार्टिमा सवै जनाको आवश्यकता रहेको वताईन् । अहिले १३औं अधिवेशनको जस्तो कम पद नभएकाले धेरै पद भएकाले सवै जना मिलेर सर्व सहमति गर्ने सकिने उनले वताईन । कार्यक्रमा वडा नंं. १० वडा अध्यक्ष तथा नेपाली काँग्रेसका युवा नेता निम वहादुर चलाउनेले तल्लो तह देखि नै सवै जनालाई पार्टिका अग्रजहरुले मिलाएर लानु पर्ने अहिलेको आवश्यकता भएको वताए । कुनै पनि पदमा आफ्नो कारणले विवाद भएमा आफु एक कदम पछि हट्न तयार रहेको वताए । पार्टिमा आपसमा नमिल्दा नगरपालिकामा हारिएको तितो सत्यले अहिले नेपाली काँग्रेसका सदस्यहरुले दुःख पाउनु परेको छ । त्यस कारण अहिले पार्टिको चुनावमा सर्व सहमति गरेर अगाडि बढ्नु पर्ने वताए । यस्तै भेलाको सभापतित्व गरेका वडा नं. १०का वडा सभापति ओम प्रकास वर्णवालले नेपाली काँग्रेसको आगामी १४औं अधिवेसनमा वडा नम्वर १०मा सर्व सहमतिको आधारमा नेतृत्व छनौट गर्न वडा सिनियर नेताहरुलाई अहम भुमिका खेल्यर सहयोग गरिदिनहुन आनुरोध गरे । वडा सभापति वर्णवालले आफु वडामा कुनै पनि पदको उमेदवारी नरहने जानकारी समेत गराएका थिए । वर्णवालले भने वडामा रहेका सवै क्रियासिलको भावना अनुसार वडामा नेतृत्व छनौट हुने वताए ।

१२ भाद्र २०७८ मा प्रकाशित
Nabintech