बाँकेको डुडुवा–२, कधैपुरुवाका कटानपीडित परिवारलाई नगद राहत दिइएको छ।
जिल्ला विपद व्यवस्थापन समिति, बाँकेले कधैपुरुवाका कटान पीडित तीन परिवारलाई १५ हजार रुपैयाँका दरले राहत दिएको हो।
भदौ ११ गते डुडुवा नालाले कटान गर्दा विस्थापित भएका ओमकार लोनिया, सुन्दर लोनिया र रामवहुरी लोनियालाई १५–१५ हजार रुपैयाँ राहत दिइएको छ।
प्रमुख जिल्ला अधिकारी एवं समितिका अध्यक्ष शिवराम गेलालले सुरक्षा निकायका प्रमुखहरूको उपस्थितिमा राहत उपलब्ध गराए।
डुडुवा खोलाले तीव्र रूपमा कटान गरिरहेको कधैपुरुवामा छिट्टै नेपाली सेनाले अस्थायी तटबन्ध बनाइदिने बताइएको छ।
१४ भाद्र २०७८ मा प्रकाशित