बन्दा कटानको लागी तत्काल वजेट उपलव्ध गराउने ःमन्त्री चौधरी

पिपलबाेट संवाददाता


लुम्बिनी प्रदेशका ‘पर्यटन ग्रामीण तथा शहरी विकास’ मन्त्री डिल्लीबहादुर चौधरीले आईतबार कोहलपुर नगरपालिका वडा नं. १०मा रहेको वन्दा कटानको स्थलगत निरीक्षण गरेका छन् ।कोहलपुर नगरपालिका वडा नं. १० का वडा अध्यक्ष निम बहादुर चलाउनेले वडा नम्वर १०मा प्रस्ताव गरिएको थारु संग्रहलय र जेष्ठ नागरिक पार्कको डिपिआर समेत मन्त्री चौधरीलाई बजेटको लागी बुझाएका थिए । स्थलगत निरिक्षण पछि बन्दा कटानमा अहिले रहेको विपत कोषवाट तत्काल वजेट हाल्लन सकिने र अन्य दुईवटा योजनाको लागी भने वजेट विनियोनको लागी सिफरिस गर्ने मन्त्री चौधरीले जानकारी गराएका थिए ।मन्त्री चौधरीले कोहलपुर नगरपालिका एउटा सम्भावना बोकेको नगरपालिका भएकाले यस क्षेत्रको विकासको लागी आफुले सकेसम्मको सहयोग गर्ने प्रतिवद्धता गरेका थिए । शनिबार कोहलपुर नगरपालिका वडा नं. १४मा रहेको बौद्ध विहार वडा नंं १५को पेडारी नालमा पुलको लागी वजेट विनियोजन गर्नै को लागी स्थलगत निरिक्षण गरेका थिए । लुम्बिनी प्रदेशमा तत्कालिन मुख्यमन्त्री शंकर पोखरेलले गरेका थुप्रै बेथिती रहेको र तिनलाई ठिक गर्दै आफुहरु अगाडी बढ्नुपर्ने स्थिती रहेको सुनाए । ‘नेपाली काँग्रेस साढे तीन वर्ष गुम्सिएर बसेको अवस्थामा नेपाली कांग्रेसका कार्यकर्ताहरु लाई आशा पलाउनु एकदमै मलाई लाग्छ जायज हो, तर हामीसँग सिमित साधन स्रोत छ, त्यसलाई ब्यवस्था गर्दै हामी अगाडी बढ्नुपर्ने स्थिती छ, पक्कैपनि तपाईहरुको आशा धेरै छ, त्यो आशालाई हामी सकेसम्म पुरा गर्ने कोसिस गर्छौ,’ मन्त्री चौधरीले थपे । केन्द्र र प्रदेशको सत्तामा जान नेपाली काँग्रेसले कल्पना नै नगरेको भन्दै उनले केपी ओलीकै कुकर्ममले गर्दा झण्डै दुई तिहाईको सरकार ढलेको र कांग्रेससहित चार दल मिलेर नयाँ सरकार गठन गरेको प्रष्ट पारे ।
स्थलगत अनुगमनमा राप्ती सोनारी गाँउ पालिकाका अध्यक्ष लाहुराम थारु , कोहलपुर नगरपालिकाकी उप मेयर सञ्जु कुमारी चौघरी स्थानिय नेता नारायण थारु ,गोकुल थारु चौकीदार थारु ,नेपाली काँग्रेसका क्षेत्रिय सभापति माधव राम खत्री लगाएतको उपस्थिती रहेको
थियो ।

२० भाद्र २०७८ मा प्रकाशित
Nabintech