पूर्व प्रधानमन्त्री नेपाल नेपालगन्जमा

पिपलबाेट संवाददाता


नेकपा एकीकृत समाजबादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल नेपालगन्ज आएका छन् । शनिबार युवा संघ नेपाल लुम्बिनी प्रदेशको प्रदेश भेला तथा पिपुल्स भोलिन्टर्स घोषणा कार्यक्रमका लागि उनी नेपालगन्ज आइपुगेका हुन् ।
शनिबार नेपालगन्जमा हुने युवा संघ नेपाल लुम्बिनी प्रदेशको भेलामा युवा संघका केन्द्रीय अध्यक्ष नरेश शाही, महासचिव दीपक जिएमलगायतका नेताहरुको समेत उपस्थिति रहने युवा संघ लुम्बिनी प्रदेश अध्यक्ष थापाले जानकारी दिए ।
नेकपा एकीकृत समाजबादी पार्टीको युवा संगठन युवा संघ नेपाल शक्तिशाली रुपमा रहेको र सोको झलक शनिबारको कार्यक्रममा देख्न सकिने युवा संघ नेपाल बाँकेका अध्यक्ष कुस्माखर बस्यालले बताए ।

२५ भाद्र २०७८ मा प्रकाशित
Nabintech