राप्तीसोनारीमा अट्वारीको दुई दिन बिदा

पिपलबाेट संवाददाता


राप्तीसोनारी गाउँपालिकाले थारु जातीको पर्व महान पर्व अट्वारीको अवसरमा दुई दिन स्थानीय बिदा दिने निणर्य गरेको छ ।
भदौ २७ र २८ गते पर्ने अट्वारीको अवसरमा दुई दिन स्थानीय बिदा दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर शाहीले जानकारी दिए । उक्त दुई दिन गाउँपालिकाको कार्यालय, विषयगत शाखा, उपशाखा तथा वडा कार्यालयहरु बन्द रहने जानकारी गराइएको छ ।
गाउँपालिकामा ठूलो संख्यामा थारु समुदायको बसोबास रहेकाले उनीहरुलाई खुशीका साथ पर्व मनाउन दुई दिन स्थानीय बिदा गरिएको शाहीले बताए ।

२५ भाद्र २०७८ मा प्रकाशित
Nabintech