राष्ट्रिय प्रजातन्त्र पार्टी कोहलपुर नगर समितिको अध्यक्षमा अर्जुन जङ्ग शाह निर्वाचित भएका छन । सोमबार राप्रपाको कोहलपुरमा सम्पन्न नगर अधिवेशनबाट शाह नगर अध्यक्षमा निर्वाचित भएका हुन । नगर अध्यक्षका लागि दुई जना आकांक्षी देखिएपछि भएको निर्वाचनमा शाहले १ सय ३१ मत प्राप्त गरेका थिए ।

पार्टीको आन्तरीक निर्वाचनमा नगर अध्यक्षको आकांक्षी सरिता शाहीले ८३ मत प्राप्त गरेको महाधिवेशन बाँके निर्वाचन समिति संयोजक रुद्रमणी न्यौपानेले जानकारी दिएका छन् । शाही अधिवेशन सम्पन्न हुनु अघिकी कोहलपुर नगर अध्यक्ष समेत हुन् । निर्वाचन संयोजक न्यौपानेका अनुसार कुल २ सय ४० मतदाता रहेकोमा २ सय १४ मत खसेको थियो ।

अधिवेशनबाट अध्यक्ष बाहेक नगर समितिका ३२ सदस्य भने समर्वसम्मत चयन भएका छन ।