कोहलपुरमा बाटोमा राखिएको निर्माण समाग्री अझै हटाईन्

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुर नगरभित्र जथाभावी निमार्ण सामाग्री थन्क्याउँदा नगरभित्र आवगमनमा समस्या देखिनुका साथै दुर्घटनाको समेत उच्च समस्या देखिएको छ ।
मनपरी रुपमा नगर भित्री सडकहरुमा घर तथा अन्य निमार्णका समाग्रीहरु जथाभावी थुपार्दा थप समस्या निम्तिएको छ । महिनौ सम्म नगर भित्र ढुङगा, बालुवा गिट्टी, इट्टा जस्ता निर्माण सामाग्रीहरु सडकमै थन्क्याउँदा नगर समेत कुरुप बनेको छ ।कोहलपुर नगरपालिका क्षेत्र भित्र रहेका विभिन्न बाटोमा राखिएका निर्माण समाग्री अझै हटाएको छैन् । कोहलपुर नगरपालिकाले पटक पटक सूचना प्रकाशन ,प्रसारण गदै आएको छ भएतापनि निर्माण समाग्री हटाउने कार्य हुन सकेको छैन् । बाटोमा निर्माण समाग्री राखेर घर निर्माण गरेतापनि घर निर्माण सम्पन्न भएपनि समाग्री हटाउने तिर कसैको ध्यान गएको देखिदैन । कोहलपुर नगरपालिकाका प्रम्ख प्रशासकीय अधिकृत टोपेन्द्र केसीले नगर बासी सवैलाई बाटोमा राखिएका निर्माण समाग्री हटाउनको लागी निश्चित समय सहितको आफुहरुले सूचानाम दिई सकेको र सूचना समेतको बेवास्ता गरेर राखिएका निर्माण समाग्री कोहलपुर नगरपालिकाले नियम अनुसारको कार्वाही अगाडि वढाउने वताए । निर्माण समाग्री हटाउन लाग्ने खर्च समेत निर्माण समाग्री बाटोमा राख्नेहरु वाट नै असुल गरिने केसीले वताए । यसरी निर्माण समाग्री बाटोमा राख्दा पहिलो कुरा आवत जावतमा समास्या उत्पन्न हुन्छ , निर्माण समाग्री लामो समय पिचमा रहदा पिच पनि विग्रने हुने केसीले वताए । कोहलपुर सुन्दर सहर निर्माण गर्ने दायित्व कोहलपुर बासीको भएकाले सवै जनताले कोहलपुर वनाउन साथ दिन आग्रह समेत केसीले गरे । अव केहि दिन भित्रमा सवै समाग्री हटाउन नगरपालिका लाग्ने केसीले जानकारी गराए । स्थानि एक यूवाले भने कोहलपुर नगरपालिकाले सूचना पटक पटक निकाल्छ तर एक्सनमा कहिले पनि नजानाले नगरपालिकाको सूचना को कुनै महत्व नदिएको उनले वताए । सूचनाको समय समाप्त भएको दिनमा नै नगरपालिकाले काम अगाडि वढाउनु पर्ने उनले वताए

३० भाद्र २०७८ मा प्रकाशित
Nabintech