नेपाली काँग्रेसको १४ औं वडा महाधिवेसन असोज ५ गते भित्रमा सक्नु पर्ने भएपछि कोहलपुर नगरपालिका क्षेत्रमा पनि अधिवेशनको लागी गुट उपगुट व्यापक वन्दै आएको छ । कोहलपुर नगरपालिका का १५ वडा वडामा अझै क्रियासिल विवाद भएका कारण क्रियासिल सदस्यता लिस्ट आउन सकेको छैनन् । क्रियासिल सदस्यता वडा ,नगर, प्रदेश र क्षेत्र हुदै गएका क्रियासिलमा केन्द्रमा जादा विच वाटोमा काटछेक भएका कारण क्रियासिल विवाद समाधान हुन नसकेको कोहलपुर नगर सचिव भुम भण्डारीले वताए । विधिविधान वडा देखि क्रियासिल सदस्यता फारम भरेका क्रियासिल बाहेक अन्य सवै क्रियासिल सदस्य फर्जी भएको सचिव भण्डारीले वताए । ५६ जिल्लामा निर्वाचन भैसकेको र बाँकी २० जिल्लामा क्रियासिल विवादका कारण निर्वाचन अन्यौल भएको छ । यता नेपाली काँग्रेसमा गुटका नाममा वडा सम्ममा प्रस्ट दुई धार भएर चुनाव प्रचार प्रसार गदै आएका छन् ।कोहलपुर नगर क्षेत्रमा यस्तै पार्टि भित्रको चरम गुठका कारण नेपाली काँग्रेसले २०४९ ,२०५४ र २०७२ सालको स्थानिय निर्वाचनमा पराजय भोग्दै आएको छ । यस्तै प्रतिनिधि सभा २०५१, २०६४,२०७० र २०७४ सालको निर्वाचनमा समेत पराजय भोक्दै आएको छ । यस्तै २०७४को प्रेदेश निर्वाचनमा पनि नेपाली काँग्रेसले पराजय भोगेको थियो । नेपालिका काँग्रेस कोहलपुरमा रहेका नेताहरु नारायण प्रसाद सिग्देल , नारायण प्रसाद गौडेल , वलराम शर्मा , ,माधव राम खत्री, तप्त पौडेल ,पोषण केसी ,हुर्मत न्यौपाने , पवन कुमार शाह , भानुभक्त भट्टराई , कृष्ण कार्की , मिना सिग्देल ,गौरा भट्टराई , युवराव पौडेल ,डिल्ली गिरी ,नम वहादुर आले , चिन्तामणी घिताल , राजेन्द्र श्रेष्ठ , टेकनारायण भुषाल ,राम लौटन यादव , नर बहादुर मल्ल,हेमराज पौडेल, विरेन्द्र शाह, भुम वहादुर भण्डारी , पुर्ण आचार्य , राम वहादुर मल्ल, फुलाराम थारु ,चुडामणी कडेल लगाएतको सवै नेताहरु गुट वनाउन लागेकाले कोहलपुरमा कुनै पनि वडा सर्व सहमति हुन सकेको छैनन् । एक समुहले अर्को समुहलाई जसरी भए पनि शुन्य वनाउने वारेमा दुवै पक्षमा छलफल अगाडि वढि रहेको देखिन्छ ।
आम नेपालि काँग्रेस प्रति माया गर्ने क्रियासिल सदस्य तथा पुराना र नयाँ युवाहरु भने चिन्तामा देखिन्छन् । बुढा नेताहरु पटक –पटक आफ्नै कारण सवैले चुनावमा पराजय भोगेपनि अव आउने निर्वाचनमा कसरी पार्टिलाई सवै तहमा चुनाव जिताउन सकिन्छ भनेर चिन्ता गरेको देखिदैन । यसले गर्दा आउदै गरेका आम निर्वाचनहरुमा नेपालि काँग्रेस सफलता हासिल गर्नको लागी ठुलो चुनौतिको समाना गर्नु पर्ने
देखिन्छ । नेपाली काँग्रेसमा आस्था राख्ने कर्मचारी तथा शुभेच्क्षुक संघ संस्थाहरु भने सवै तहको निर्वाचनमा सर्व सहमतिको वातावराण निर्माण गर्नु पर्नेमा जोड दिदै आउको देखिन्छ । कोहलपुर वडा नं. १र ९मा त्यहाका क्रियासिल सदस्यहरुको भेलाले सर्वसम्मत गर्ने सहमति
गरेर अन्तिम चरणमा पुगेको समयमा पुर्न सिनियर नेताहरुले आफ्नो घाटा नाफा हेरेर पुर्न विवाद सृजना गरिदिएको देखिन्छ । यसरी चरम गुटहुदा आम निर्वाचनको वडा वासिहरुले चिन्ता लिन थालेको देखिन्छ । कोहलपुर नगर पालिकाका १५ वडामा पुराना क्रियासिल सदस्य ९३७ जना रहेको र सत प्रतिशत गर्दा १८७४ हुनु पर्नेमा करिव २२३६ क्रियासिल सदस्यता फाराम भरेर विच वाटो वाट पठाएकोले अहिले सम्म क्रियासिल सदस्यता विवाद देखिएको हो ।
नेपाली काँग्रेसका को को नेता भए पराजीत
कोहलपुरमा हाल सम्म नेपालि काँग्रेसको तर्फ वाट स्थानिय निर्वाचनमा पराजय भएका नेताहरु २०४९ सालमा इश्वरी पौडेल , २०५४ राजेन्द्र कुमार श्रेष्ठ र २०७४सालमा भानुभक्त भट्टराई हुन् । आम निर्वाचनमा भने २०५१ सालमा सनत रेग्मी,२०६४ मा गजेन्द्र बहादुर हमाल ,२०७० सालमा नारायण प्रसाद सिग्देल र २०७३ सालमा प्रतिनिधि सभामा माधव राम खत्री र प्रदेश सभामा नारायण प्रसाद गौडेल पराजय भएका हुन । यस्तै २०७४ सालको स्थानिय निर्वाचनमा नेपाली काँग्रेसले कोहलपुर नगरमा आठ वडा वडामा पराजय भोक्नु परेको थियो । वडा नंं १ मा दल बहादर सुनार ,२मा गोपाल प्रसाद शर्मा ,३मा बजारी लाल थारु , ४मा ठंगा थारु , ८मा पुर्ण प्रसाद आचार्य , ११मा मोहन प्रसाद चापागाई , १२ मा बिरेन्द्र कुमार शाह , १३मा डम्बर वहादुर खड्काले लगायतले पराजय भोगेका थिए । यस्तै वडा नं ६ को उप निर्वाचनमा नेपाली काँँग्रेसका उमेदवार श्री कृष्ण थारु पराजय भोग्नु परेको थियो ।