कृषि विकास बैंकद्धारा कोहलपुर को पिपरीमा बैंकिङ्ग सेवा सुरु

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुर नगरपालिका वडा नं. ९ मा कृषि विकास बैंकले आफ्नो बैकिङ्ग सेवा सुरु गरेको छ । कृषि विकास बैंकको तालिम केन्द्रका रुपमा रहेकोमा शुक्रबार देखि बैकिङ्ग सेवा समेत सुरु गरेको छ ।
कृषि विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले रिवन काटेर औपचारीक रुपमा उद्घाटन गरेका हुन् । शुक्रबार देखि नै बैकिङ्ग सेवाको शुभारम्भ गरेका हुन् । कार्यक्रममा बोल्दै उनले बैंकले किसानलाई विद्युतिय कारोबारो मा जोड्ने लक्ष्य लिएको बताउँदै किसानलाई आर्थिक क्रियाकलाप मा सहकागि गराउनका लागि नोटरहित कारोबारोमा जोड्ने नीति बैंकले लिएको बताएका हुन् । यस क्षेत्रमा रहेको लालिम केन्द्रलाई बैंकको रुपमा विकास गर्दा यस क्षेत्रको विकासमा ठुलो महत्व दिने वताए । साथै उनले किसानलाई नै अनलाईन बैंकमा जोडेर लगानीमैत्री वातावरण निर्माण गरिरहेको बताएका छन् । यसका साथै उनले ग्रामिण क्षेत्रमा बैंकले आफ्ना शाखाहरु विस्तार गरिरहेको बेला कोहलपुरको पिपरीमा बैंकिङ्ग सेवा सुरु गरेको बताएका छन् । कार्यक्रममा बोल्दै कृषि विकास बैंकका उपमहाप्रबन्धक प्रताव सुवेदीले तालिक केन्द्रका रुपमा रहेकोमा अब बैंकिङ्ग सेवा दिएर यस क्षेत्रका आम नागरिकहरुको मागलाई ध्यान दिएर सेवा सुरु गरिएको बताएका छन् । साथै कृषि विकास बैंक लि. पिपरी शाखाका प्रबन्धक नेत्रबुढथापाले तालिमकेन्द्र सँगै बैंकिङ्ग सेवा सुरु गर्ने लक्ष्यका साथ कार्यालय स्थापना गरिएको बताएका छन् । देश, विदेशबाट पैसा पठाउने, पाउने, विभिन्न कर्जाहरु लगानी गर्ने, जनताको निरक्षेप संकलन गर्ने, व्यवसायिक कृषि कर्जा लगानी गर्ने र अत्याधुनिक बैंकिङ्ग सेवाहरु सुरु हुने बताएका छन् । कृषि विकास कार्यालय नेपालगञ्जका निर्देशक गिरीराज रेग्मीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा बैंकका कर्मचारी, स्थानिय आम नागरिकहरुको सहभागिता रहेको थियो ।कार्यक्रम संचालन कृषि विकास वैंक लि. क्षेत्रिय कार्यालय नेपालगंजका कार्यालय सहायक सुरेस पोखरेल गरेका थिए ।

१ आश्विन २०७८ मा प्रकाशित
Nabintech