जीवन ज्योति स्कुलद्धारा स्वास्थ्य सामग्री सहयोग

पिपलबाेट संवाददाता


जीवन ज्योति स्कुलले कोहलपुर नगरपालिकालाई अक्सिजन उत्दपादन मेसिनसहित स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।

एक कार्यक्रमका विच जीवन ज्योति स्कुल परिसरमा कोहलपुर नगरपालिकाले संचालन गरेको आधारभूत अस्पताललाई उक्त स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो ।

स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा कोहलपुर नगरपालिका मेयर रावतले दातृ निकाय संगको सहकार्यमा जीवन जोति स्कुलले उपलब्ध गराइएको स्वास्थ्य सामाग्री जीवन उपयोगी हुने बताए ।

स्वास्थ्य सामाग्री अस्टिेलिया जनताको सहयोगमा शुभ अवसर ग्राम नेपालले जीवन ज्योति स्कुलमार्फत नेपालका ८ स्वास्थ संस्थाहरुलाई उपलब्ध गराएको कार्यक्रममा जानकारी गराइएको थियो ।

स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा अभिभावक स्थानीय समाजसेवि लगाएतको सहभागिता रहेको थियो ।

३ आश्विन २०७८ मा प्रकाशित
Nabintech