नेपाली काँँग्रेस कोहलपुर वडा नं १०मा सनत रेग्मीको टिम घोषणा

पिपलबाेट संवाददाता


नेपाली काँग्रेसको १४ औं महाधिवेसनको लागी वडा नंं वडा नं.१०को वडा सभापतिमा सनत रेग्मीको टिमले आफ्नो टिमको उमेदवारी घोषण गरेको छ । संविधान दिवसको अवसर पारेर आईतबार नेपाली काँग्रेसको नगर पार्टि कार्यालय वाट आफ्नो टिमको घोषणा गरेका हुन । जसमा सभापति सनत रेग्मी , उपसभापतिमा शुरेस थारु र भक्त बहादुर शाही सचिवमा टंक केसी र ओमजंग शाही , सहसचिवमा पङ्ख सिजवाल र सूर्य जि.सि रहेको छन् । यस्तै नगर प्रतिनिधिमा विमला शाही , गोविन्द पौडेल , कृष्ण रोकाय रहेका छन् । घोषणा सभाको सभापतित्व वडा सभापति ओम प्रकाश वर्णवालले गरेका थिए । कार्यक्रमा बोल्दै वडा नं. १०का वडा अध्यक्ष निम वहादुर चलाउनेले भने पार्टिको आन्तरिक चुनाव भएकाले सवै आफ्नौ पाटि भित्रका विच प्रतिशस्पर्धा गर्नु पर्ने भएकाले कसैलाई आरोप प्रत्यारोप नलगाई चुनावमा जानु पर्ने वताए । जसले जित्यपनि विजेता र उप विजेता हुने भएकोले यसलाई सहज र सम्मान जनक तरिकाले अगाडि बढ्नु पर्ने वताए । भेलामा सहभागिता भएका सवै जनाले सर्व सहमति मा जोड दिन आग्रह गरेका थिए । कार्यक्रमा वोल्दै वडा सभापति ओम प्रकास वर्णवालले आफुले वडा मा रहेका र नगरमा रहेका सवै नेताहरुलाई सर्व सहमति गरेर अगाडि वढ्न आग्रह गरेको त्यस तर्फ कुनै पनि नेताहरु लागी नपरेकाले आफुले सर्व सहमतिको प्रयास वाट असफल भए पछि आफ्नो तर्फको उमेदवारको उमेद्वारी घोषणा कार्यक्रम गरेको वताए । अव १४औं महाधिवेसन सफल वनाउन सवै जना लागी पर्नु पर्ने वताए ।

३ आश्विन २०७८ मा प्रकाशित
Nabintech