भट्टराई नेतृत्वको टिमको उम्मेद्वारी घोषणा

पिपलबाेट संवाददाता


नेपाली काँँग्रेसको १४ औं अधिवेसनको लागी कोहलपुर नगरपालिका वडा नं.१०मा मेघ नाथ भट्टराईको नेतृत्वको टिम बुधबार एक कार्यक्रमका विच उमेदवारी घोषण भएको छ । टिमको सभापतिमा मेघनाथ भट्टराई, उपसभापतिमा श्याम लाल थारु जगनाथ शर्मा, सचिवमा सन्तोषराज पौडेल र उतम भट्टराई, सहसचिवमा पुष्पराज आचार्य, माधव पौडेल रहेका छन् । त्यसैगरी भट्टराई नेतृत्वको टिमको सदस्यहरुमा सिता गौतम, भगवती लम्साल, लक्ष्मी थारु, सुगम श्रेष्ठ, गणेश परियार, विनीता घिमेरे, प्रेम नारायण पौडेल, मनोहर शर्मा, गोपाल खड्का, कमारो गिरी, डम्बर बहादुर खत्री, कल्पना बराल, राम प्रवेश चौधरी र भगवती कुँवर रहेकी छिन् । सो कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका नेता नारायण प्रसाद सिग्देलले लोकतन्त्रीक पार्टीकाँग्रेस भएकाले स्वच्छ निर्वाचन हुनु सकरात्मक पक्ष भएको बताएका छन् । साथै उनले पार्टी भित्रको विचारलाई जिवन्त बनाउनका लागि पार्टी भित्र नै निर्वाचन हुन आवश्यक रहेको बताएका छन् । वडा नं.१०मा रेग्मी नेतृत्वको टिमलाई शेर बहादुर देउवा पक्षले सहयोग गरेको छ भने भट्टराई नेतृत्वको टिमलाई रामचन्द्र पौडेल र कोइराला टिमले सहयोग गरेको छ ।

६ आश्विन २०७८ मा प्रकाशित
Nabintech