सशस्त्र प्रहरीद्वारा नेपालगञ्जबाट अवैध सामान बरामद

पिपलबाेट संवाददाता


 सशस्त्र प्रहरीले भन्सार छलेर ल्याउँदै गरिएका अवैध सामानसहित मोटरसाइकल बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट खटिएको गस्ती टोलीले नेपालगञ्ज १४ बाबुगाउँबाट लाखौं रुपैयाँ बढीको भन्सार छली गरेर ल्याउँदै गरिएका लत्ताकपडा, सुर्तीजन्य सामग्री लगायतका अन्य किराना सामग्री बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल नम्बर ३० गणबाट मंगलवार राती साढे ९ बजे सशस्त्र प्रहरी सहायक निरीक्षक तिर्थ भाटको नेतृत्वमा गएको टोलीले १ लाख ६० हजार रुपैयाँ बराबरका लत्ताकपडा, सुपर पावर सुर्ती लगायत अन्य किराना सामग्री बरामद गरेको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

अवैध सामग्री बोक्न प्रयोग गरिएको भारतीय नम्बर प्लेटको निलो रङ्गको RTR  मोटरसाइकल समेत बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गरेका सबै सामग्रीलाई बुधवार आबश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालय बुझाईएको छ ।

१३ आश्विन २०७८ मा प्रकाशित
Nabintech