कोहलपुर साना किसान कृषि सहकारी द्धारा तारकारी खेती प्रविधि विषयक तालिम सम्पन्न

पिपलबाेट संवाददाता


कोहलपुर साना किसान कृषि सहकारी द्धारा संचालित तरकारी देखि प्रविधि विषयक तालिम सम्पन्न भएको छ । कोहलपुर संचालित तालिम बुधबार र बिहिबार दुई संचालन भएको थियो । कोहलपुर साना किसान कृषि सहकारी संस्था लि. कोहलपुरले आफ्ना शेयर सदस्यहरुको ज्ञान आर्जन गराउने उद्देश्यका साथ तालिमको आयोजना गरिएको थियो । सहकारीका करिव ४५ जना शेयर सदस्यहरुको सहभागिता रहेको थियो । तालिमको प्रशिक्षक कोहलपुर नगर कृषि शाखा प्रमुख चन्द्र वहादुर बुढा, अधिकृत छत्र बहादुर खत्री , न.प्रा.स. मान कुमारी राई अधिकृत निर्मल भुषाल लगाएत ले तालिमका प्रशिक्षण गराउनु भएको थियो । समापन कार्यक्रममा सहकारीका अध्यक्ष जानकी पुनले तालिममा सहभागि सवै जनाले तालिमा सिकेका कुराहरु आफ्नो कृषिकार्यमा लागु गर्न पर्ने वताईन । कोहलपुर नगरपालिकाले कृषि क्षेत्रमा काम गर्दा आफुहरुलाई र आफ्ना समुहहरुलाई समेत सहभागिता वनाउनु पर्ने वताईन । कार्यक्रमका प्रमुख अतिथि कोहलपुर नगर कृषि शाखा प्रमुख चन्द्र वहादुर बुढाले कोहलपुर साना किसान कृषि सहकारीले कोहलपुर का किसानहरुको लागी धेरै राम्रा कामहरु गर्दै आएको वताए । अव पनिराम्रा काम गर्दै जानेमा आउ पुर्ण विश्वासमा रहेको वताए । सहकारी संग कृषि शाखा सधै समन्वय र सहकार्य गरेर अगाडि वढ्ने वताए । कार्यक्रमा संचालन सहकारी संस्थाकी प्रवन्धक बालिका शर्माले गरेकी थिईन .

१४ आश्विन २०७८ मा प्रकाशित
Nabintech