दुई वर्षपछि नेपालगन्ज नाका खुल्यो

पिपलबाेट संवाददाता


कोरोना संक्रमण देखिएपछि दुई वर्षदेखि बन्द नेपालगन्ज नाका आईतबार दिउँसोदेखि पूर्णरुपमा सन्चालनमा आएको छ । नेपाल सरकारले नेपाल भारतका प्रमुख नाका खोल्नका लागि निर्णय गरेको थियो ।

तर भारतीय पक्षबाट नाका खोलिएको थिएन । सरकारले नाका खोल्ने गरेको निर्णयपछि जिल्ला प्रशासन कार्यालय बाँकेले नेपाल प्रवेश गर्ने भारतीय सवारी साधनहरुको भन्सार पास तयारी गरेको थियो । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले आईतबार दिउसोबाट नेपालगन्ज नाका खुलेको बताए । नाका  खुला भएपछि नेपाली सवारी साधनहरु भारत प्रवेश गर्न पाएका छन् ।

नाकामा भिडभाड बढेको छ । नेपालगन्जको जमुनाहा र रुपैडिहा बजार ठेलमठेल भएको छ । फोरलेन सडक जाम भएको छ । नेपालीहरु मोटर साईकलमा सीमावर्ती भारतीय रुपैडिहा बजार पुग्न पाउँदा खुसी छन् ।

१७ आश्विन २०७८ मा प्रकाशित
Nabintech