कोहलपुरमा आफुखुसी खसीको मासुमा मुल्य बृद्धि

पिपलबाेट संवाददाता


कोहलपुर नगरपालिका क्षेत्र भित्र दशैलाई लक्ष्ति गरेर खसीको मासुमा मनोमानी तरिकाले मूल्य बृद्धि भएको छ । कोहलपुर नगरपालिका भित्र रहेका केहि मासु पसलहरुले मनोमानि तरिकाले खसीको मासुमा प्रतिकेजि १००रुपैया मूल्य बृद्धि गरेर बिक्रि गर्ने गरेको पाईएको छ । यस तर्फ कोहलपुर मासु व्यावसायी संघका कोहलपुर अध्यक्ष राम कृष्ण राणाले अहिले जिउँदो खसिको मूल्यमा बृद्धि नभएकाले उपभोक्ता कोरोनाको महामारी परेको समयमा आएको महान पर्वमा मूल्य बृद्धि गर्ने खालको कुनै पनि निर्णय नगरिएको वताए । राणाले जिउदो खसीको मूल्य गत वर्ष २५ केजि देखि २९ केजि सम्मको मुल्य ५०० , ३०केजि देखि माथिको मुल्य ५१० प्रति केजि रहेकोमा यस वर्ष २५ केजि देखि २९ केजि सम्म रु.५१० , ३०केजि देखि ३९ केजि सम्म रु.५२० प्रतिकेजि ,४०केजि देखि ४४ केजि सम्म रु ५३० प्रतिकेजि र ४५ केजि देखि माथि रु.५४० रुपैया प्रतिकेजि रहेको हुनाले यस बर्ष खसिको मासुमा मुल्य बृद्धि गर्नु पर्ने देखिदैन यदि कसैले त्यस्तो मुल्य बृद्धि गरेर बेच्ने गरेको भएमा संघले उनिहरुलाई सचेत गराउने वताए । कोहलपुरमा केहि ठाउमा खसीको मासु प्रति केजि ९०० र केहि ठाउमा १००० लिने गरेकोमा कोहलपुर नगरपालिकाले भने यस विषयमा जानकार नभएको पाईएको को छ । कोहलपुर नगरपालिकाकी उपमेयर सन्जु कुमारी चौधरीले जनतालाई अखाद्यय , मुल्य बृद्धि जस्ता कार्य गर्नेहरुलाई अनुगमनको समयमा पाईएमा ठाँउको ठाँउ कावाहि गरिने वताईन । तर दशै शुरु भएको आज चौथो दिन हुदाँ समेत कोहलपुरमा वजार अनुगमन हुन सकेको छैन् । यस्तै कोहलपुर मासु व्यावसायी संघका वरिष्ठ उपाध्यक्ष तथा अधिकारी फ्रेस हाउसका संचालक शान्तराज अधिकारी ले जिउदो खसीको मूल्य किसानहरुले नवढाएकाले फेस हाउसहरुले मासुको मुल्य बृद्धि गर्ने नहुने वताए । तर आफुले अहिले पनि प्रतिकेजि ९००का दरले मासु विक्रि गदै आएको वताए । यसरी जनतालाई चार्ड पर्वको समयमा मुल्य बृद्धि गरेर दुख दिनु राम्रो नभएको वताए ।

२४ आश्विन २०७८ मा प्रकाशित
Nabintech