वन मन्त्री हमाल भोली गृह जिल्ला आउँदै,कोहलपुर नगरले कोहलपुरमा स्वागत गर्ने

पिपलबाेट संवाददाता


लुम्बिनी प्रदेश सरकारका वन वातावरण तथा भू–संरक्षण मन्त्री सुरेन्द्र हमाल सोमबार बाँके आउँदैछन् ।

मन्त्री बनेपछि हमाल पहिलोपटक गृह जिल्ला बाँके आउन लागेका हुन् । प्रदेश र संघमा बाँकेबाट निर्वाचित कांग्रेसका एक मात्र सांसद हमाल असोज २४ गते वन वातावरण तथा भू–संरक्षण मन्त्री नियुक्त भएका थिए । राजनीति र खेल जगतका अब्बल ब्यक्तित्व हमाल २०७४ मंसिरमा सम्पन्न प्रदेशसभा निर्वाचनमा बाँकेको क्षेत्र नम्बर २’ख’ बाट निर्वाचित भएका थिए ।

मन्त्री भए लगत्तै दशैं मान्न काठमाण्डौ गएका मन्त्री हमाल भोली मात्र बाँके आउन थालेका हुन् । भोली नेपाली काँग्रेस कोहलपुरले कोहलपुरमा मन्त्रीहमालको स्वागत गर्ने तयारी गरेको नेपाली काँँग्रेस कोहलपुरमा नगर सचिव भुम भण्डारीले वताए । विहान ९बज्ये मन्त्रीलाई नेपाली काँग्रेसको कोहलपुर नगर पार्टि कार्यालयमा स्वाग तथा कार्यकर्ता भेटघाट कार्यक्रम राखिएको भण्डारीले वताए । यस्तै मन्त्री हमाल भोली नै १० वज्ये कोहलपुर वडा नं. ७मा रहेको लखना मणिमाता जगनाथकी बाबा मन्दिरमा पुजाआजा गर्ने कार्यक्रम रहेको समेत भण्डारीले जानकारी गराए । त्यस पछिमात्र मात्र नेपालगन्ज जाने कार्यक्रम रहको वताए ।नेपालगन्ज आइसकेपछि उनले प्रशिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको दर्शन गर्नेछन् । त्यसपछि विभिन्न कार्यक्रममा सहभागी हुने स्वकिय सचिव अन्सारीले बताए । नेपालगन्ज–२ घरबारीटोल निवासी ओलम्पियन हमाल नेपाली कांग्रेसको तर्फबाट बाँके प्रदेश सभा–२ (ख) बाट निर्वाचित भएका थिए । उनी गृहनगर नेपालगन्जमा करिव चार दिनसम्म रहने बताइएको छ ।

३१ आश्विन २०७८ मा प्रकाशित
Nabintech