प्रदेश वनमन्त्री हमाललाई गृह जिल्लामा भब्य स्वागत

पिपलबाेट संवाददाता


लुम्बिनी प्रदेशका वन, वातावरण तथा भू–संरक्षण मन्त्री सुरेन्द्र हमाललाई गृहजिल्लामा भब्य स्वागत गरिएको छ । मन्त्री पद सम्हालेपछि पहिलो पटक गृहजिल्ला बाँके आइपुगेका उनलाई कांगे्रेस नेता तथा कार्यकर्ता, खेलाडी, आफन्त र शुभेच्छुकले भव्य स्वागत गरेका हुन् । स्थलमार्ग हुदै आएका हमाललाई बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुम, अगैया, नेपाली काँग्रेस कोहलपुर नगर समिति , राँझा र नेपालगन्जमा सोमबार भब्य रुपले स्वागत गरिएको हो ।


नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ घरबारीटोल निवासी मन्त्री हमाललाई बाजागाजासहित स्वागत गरिएको थियो ।
कोहलपुरमा नेपाली काँँग्रेस कोहलपुर नगरसमितिले गरेको कार्यक्रमा मन्त्री हमाललाई बाँके क्षेत्र नं.१का नेता कार्यकर्ताले भव्य स्वागत गरेका थिए । त्यस पश्चाय मन्त्री हमाल ले कोहलपुर नगरपालिका वडा नं. ७मा रहेको मरिमाता को मन्दिरमा पुजा आजा गरेर नेपालगन्ज गएका थिए । उक्त मन्दिर करिव १६०० वर्ष पुरानो मन्दिर रहेको छ । त्यसपछि नेपालगन्ज आएर प्रशिद्ध शक्तिपीठ बागेश्वरी लगायत विभिन्न मन्दिरको दर्शन गरे ।


ओलम्पियन समेत रहेका मन्त्री हमाललाई बागेश्वरी मन्दिर परिसरमा खेलाडीको एक समुहले स्वागत गरेको थियो । घरबारी टोल क्षेत्रमा मन्त्री हमाल आफै घर–घरमा पुगेर भेटघाट समेत गरे । ठुलो संख्यामा उपस्थित भएका कांग्रेस नेता तथा कार्यकर्ता, आफन्त तथा शुभेच्छुकले माला, खादा र अबिर लगाएर उनको स्वागत गरे ।


स्वागत पश्चात मन्त्री हमालले आफुमाथी ठुलो जिम्मेवारी थपिएको बताउँदै आफुमाथी आमरुपमा गरिएको विश्वासलाई खडो र इमान्दारी पर्वक काम गरेर देखाउने प्रतिवद्धता जनाए । ‘एउटा ठुलो जिम्मेवारी म माथी थपिएको छ, म माता बागेश्वीसँग प्रार्थना गर्दछु, उहाँले जुन म माथी विश्वास गर्नु भएको छ, त्यो विश्वासमा म खडो र इमान्दारीपुर्वक काम गरेर देखाउनेछु,’ उनले भने ।
मन्त्री हमालले वातावरण संरक्षण, वन अतिक्रमण र डढेलो नियन्त्रण तथा वैज्ञानिक वनका विषयमा कार्ययोजना बनाएर काम गर्ने सोच बनाएको बताए । ‘अब अगाडी हेरौं भन्नुभन्दा पनि काम गरेर देखाउन राम्रो हुन्छ, त्यसकारणले भन्नुभन्दा गर्नुपर्छ भन्ने मेरो मान्यता छ,’ उनले भने ।
आगामी दिनमा बाँके जिल्लाको तीन वटै क्षेत्रमा नेपाली कांग्रेसलाई जिताउन सम्पुर्ण कार्यकर्तालाई एकवद्ध भएर अगाडी बढ्न उनले आग्रह पनि गरे । स्वागत पाउनु राजनीतिककर्मीका लागि खुसीको कुरा भएको बताउँदै मन्त्री हमालले भने, ‘मैले यतिखेर आफ्नो दाई स्वर्गिय रणेन्द्रबहादुर हमाललाई सम्झिरहेको छु, जसरी रणेन्द्रबहादुर हमालले हिजो पञ्चायतकालमा नेपाली कांग्रेसलाई अगाडी डोर्याए, जुन माया र ममता मेरोे माइलो दाई रणेन्द्रबहादुर हमालले पाए, उहाँले देखाएको बाटोमा म हिड्छु ।’ आफुलाई स्वागत गर्ने नेपाली कांग्रेस र प्रजातन्त्रप्रेमी सबैप्रति उनले आभार प्रकट गरे ।

स्थलमार्ग भएर नेपालगन्ज आएका उनलाई आइतबार पनि विभिन्न ठाउँमा स्वागतसँगै बधाई दिएका थिए । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ प्रवेश गरे लगत्तै हमाललाई धानखोला र लमहीमा शुभेच्छुक तथा कांग्रेस कार्यकर्ताले स्वागत तथा बधाई दिएका थिए । मन्त्री हमाल आइतबार बेलुका बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ कुसुमस्थित आफन्त कहाँ बसेका थिए ।

नेपालगन्ज–२ घरबारीटोल निवासी ओलम्पियन हमाल नेपाली कांग्रेसको तर्फबाट बाँके प्रदेश सभा–२ (ख) बाट निर्वाचित भएका थिए । गृहनगर नेपालगन्जमा करिव चार दिनसम्म रहने मन्त्री हमालको सचिवालयले जनाएको छ । उनी बाँकेमा रहँदा विभिन्न कार्यक्रम तभेटघाटमा ब्यस्त हुनेछन् ।

१ कार्तिक २०७८ मा प्रकाशित
Nabintech