किसानलाई प्रदेश सरकारले राहत दिन्छः मन्त्री हमाल

पिपलबाेट संवाददाता


लुम्बिनी प्रदेशका वन, वतावरण तथा भू–संरक्षण मन्त्री सुरेन्द्र हमालले वर्षाका कारण क्षति ब्यहोरेका किसानका लागि प्रदेश सरकारले
राहत उपलब्ध गराउने बताएका छन् ।नेपाली काँग्रेस वडा कार्य समिति वडा नम्बर २ कोहलपुरले आयोजना गरेको स्वागत ,बधाई तथा पार्टी प्रवेस कार्यक्रमलाई सम्बोधन गर्दै हमालले यस्तो बताएका हुन् । ‘अविरल बर्षाका कारण प्रभावित किसानलाई प्रदेश सरकारले तत्काल राहत उपलब्ध गराउँछ,’ उनले भने ‘किसानलाई परेको पीडामा प्रदेश सरकारले मल्हम लगाउन चाहन्छ ।’ कोहलपुर नगर तरुणदलले कोहलपुर वडा नं.१० हाईस्कुल देखि कार्यक्रम स्थल सम्म वाई ¥यालिका साथ हमाललाई कार्यक्रम स्थलमा पु¥याएको थियो । मन्त्री हमालले कार्यक्रम पश्याच कोहलपुर नगरपालिका वडा नं.२का केहि किसानहरुको वर्षा वाट क्षेति भएको धान सकेतको निरिक्षण गरेका थिए । सो कार्यक्रमा कोहलपुर काँग्रेसका नेता तथा कार्यकर्ता हरुको सहभागिता रहेको थियो । नेपाल तरुण दल नगर कार्य समिति ले विभिन्न ९ बुद्दे ज्ञापन पत्र वन वातावरण तथा भु – संरक्षण मन्त्री हमाललाई बुझाएका थिए । तरुण दल वडा सदस्य विकास हमाल नेपाली काँग्रेसको २०७६÷०७÷२५ गते बाँके जिल्लाको दोस्रो राष्ट्रिय जनजागरण कार्यक्रममा जाने क्रममा दुर्घटना भई लामो समय सम्म उपचारकै क्रममा लखनउमा मृत्यू भएकोले उनका परिवार जनलाई उचित राहतको लागी पहल गरिनु पर्ने । कोहलपुर वडा नं. २ मा रहेको सिद्धि विनाएक सामुदायिक वनलाई पर्यटकीय कोहलपुर पार्कमा परिमार्जित गरि चिडिया खानामा रुपान्तरण गरिदिनु हुन अनुरोध गरिएको थियो । प्रदेश सरकारले पनि सुकम्वासीहरुलाई तत्काल पुर्जा वितरण गर्न पहल गरिनुपर्ने लगाएतका माग सहित ज्ञापन पत्र बुझाईएको थियो ।कार्यक्रममा नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ का सभापति माधवराम खत्री, कांग्रेस नेता एवम् किसान संघ बाँकेका सभापति भानुभक्त भट्टराई, नेता राजेन्द्र श्रेष्ठ, कोहलपुर नगरपालिकाका उपप्रमुख सञ्जुकुमारी चौधरी, अन्य नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो । कार्यक्रमा विभिन्न पार्टी परित्याग गरेर गरु प्रसाद थारु र विपत राम थारु सहित १००जना नेपाली काँग्रेसमा प्रवेस गरेको तरुण दल अध्यक्ष हरसिंह कठायतले वताए । यस्तै मन्त्री हमाललाई शुक्रबार नै कोहलपुर नगरपालिका कर्मचारी युनियन ले समेत स्वागत तथा सम्ममान कार्यक्रम गरेको थियो ।

५ कार्तिक २०७८ मा प्रकाशित
Nabintech