प्रेस सेन्टर बाँकेमा सर्व सहमतिबाट नेतृत्व चयन

पिपलबाेट संवाददाता


प्रेस सेन्टर बाँकेको चौथो अधिवेशनवाट सर्वसहमत डक्ट धितालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । जसको उपाध्यक्षमा राजेश आचार्य ,आलम खान, सचिवमा संगिन शर्मा , सह–सचिब केपी घिमिरे ,कोषाध्यक्ष चन्द्र बहादुर बोहोरा र सदस्यहरूमा सुदिप लामिछाने, पहल केसी, कबिन्द्र परियार, निरज सिंह, विवेक रेग्मी, सुशिला शर्मा, बिपिन खड्का, शुभाखर बिक, बसन्ती परियार, अशरद रङरेज, बिनय पाठक, युसुफ अन्सारी, शिवराज साहु र ममता थापा सर्व सहमत निर्वाचित भएका छन् । कार्यक्रमा गोरखापत्र दैनिकका नेपालगन्ज संवाददाता खानसँगै आदर्श आवाज डटकमका कार्यकारी सम्पादक कविन्द्र परियारलाई प्रतिनिधिसभा सदस्य पूर्णा सुवेदी, प्रदेशसभा सदस्य आइपी खरेल, बिरमी चन्द्र फाउण्डेशनकी संरक्षक प्रदेशसभा सदस्य कृष्णा केसी ‘नमूना’, प्रेस सेन्टरका लुम्बिनी प्रदेश संयोजक मानसिंह विक, प्रेस सेन्टर बाँकेका अध्यक्ष डक्टप्रसाद धितालले नगद पाँच हजार राशीको सो पुरस्कार प्रदान गरेका हुन् । सांसद नमूनाका स्व. मातापिताको नाममा फाउण्डेशन स्थापना गरी हरेक वर्ष ग्रामीण पत्रकारिताको क्षेत्रमा कलम चलाउने एक जना पत्रकारलाई यो पुरस्कार दिइन्छ । सांसद नमूनाका स्व. मातापिताको नाममा फाउण्डेशन स्थापना गरी हरेक वर्ष ग्रामीण पत्रकारिताको क्षेत्रमा कलम चलाउने एक जना पत्रकारलाई यो पुरस्कार दिइन्छ ।प्रेस सेन्टर बाँकेको चौथो जिल्ला अधिवेशनको अवसरमा पत्रकार प्रदिप वाग्ले “क्रान्तिकारी पत्रकारीता पुरस्कार” तथा पत्रकार मित्र कविन्द्र परियार “विरमी चन्द्र ग्रामीण पत्रकारिता पुरस्कार” बाट सम्मानित भएका हुन । कार्यक्रमा शुभ कामना दिनेहरुले अहिलेको अवस्थामा पत्रकारिताको महत्व उच्च रहेको मा जोड दिएका थिए । यसको महत्वलाई बुझेर पत्रकारहरु अगाडि वढ्नु पर्ने अवस्था आएको वताए । डक्ट घिताल पहिला पनि प्रेस सेन्टर बाँकेका अध्यक्षको रहेका थिए ।

५ कार्तिक २०७८ मा प्रकाशित
Nabintech