नेकपा एमाले बाँकेको वडा अधिवेशन शनिबार सफलता पुर्वक सम्पन्न भएको छ । बाँकेका ८१ वटै वडाहरुको अधिवेशन सफलता पुर्वक सम्पन्न भएको जिल्ला अध्यक्ष निरक गुरुङले जानकारी दिए ।एमाले र माओवादी केन्द्रबीचको एकीकरण प्रक्रियामा अदालतले पुन छुट्टयाईदिए पछि पछिल्लो समय नेतृत्व चयन हुन नसक्दा एमालेका कार्यकर्ताहरुमा एकप्रकारको अन्यौलता छाएको थियो । तर, जिल्लाका ८ वटै पालिकाका ८१ वटा वडाहरुमा शनिबार सम्पन्न वडा अधिवेशनमा सर्बसम्मत ढंगले नेतृत्व चयन भएपछि पार्टीमा नयाँ उर्जा थपिएको जिल्ला अध्यक्ष गुरुङ्गले बताए । अधिवेशनबाट निर्वाचित भएर आएका वडाका समितिहरुले पार्टी र जनताको हितार्थ काम गर्ने भएको बताउदै अध्यक्ष गुरुङले वडा अधिवेशन सकिएसंगै बाँकेमा नेकपा एमालेले नयाँ गति लिने विश्वास व्यक्त गरे । यस्तै कोहलपपुर नगरपालिकाका १५वटै वडामा नया नेतृत्व आएका छन् ।वडा नं.१मा अमर लामिछानेको नेतृत्वमा ३० सदस्य वडा कार्यसमिति,वडा नं.२मा प्रेम पुलामी थापाको नेतृत्वमा २९ सदस्य वडा कार्यसमिति, वडा नं. ३मा छविलाल आचार्यका नेतृत्वमा ३१ सदस्य वडा कार्यसमिति , वडा नं.४मा सफि मोहमत गुजरको नेतृत्वमा १७ सदस्यवडा कार्यसमिति , वडा नं.५मा दिपेन्द्र श्रेष्ठको नेतृत्वमा २५ सदस्य वडा कार्यसमिति, वडा नं.६मा नारायण पोख्रेलको को नेतृत्वमा २१ सदस्य वडा कार्यसमिति,वडा नं.७मा ठग्गा थारुको नेतृत्वमा १७ सदस्य वडा कार्यसमिति,वडा नं.८मा पहलमान खड्काको नेतृत्वमा ३१ सदस्य वडा कार्यसमिति ,वडा नं.९मा नन्दराम थारुको नेतृत्वमा १५ सदस्य वडा कार्यसमिति ,वडा नं.१०मा मकर रोकायाको नेतृत्वमा २१ सदस्य वडा कार्यसमिति ,वडा नं.११मा शालिक राम लम्सालको नेतृत्वमा ३१ सदस्य वडा कार्यसमिति ,वडा नं.१२मा प्रेम रानाको नेतृत्वमा १९ सदस्य वडा कार्यसमिति,वडा नं.१३मा रुपसिंह डाँगीको नेतृत्वमा २० सदस्य वडा कार्यसमिति ,वडा नं.१४मा गोपाल गिरीको नेतृत्वमा २५ सदस्य वडा कार्यसमिति र वडा नं.१५मा घुका थारुको नेतृत्वमा २१ सदस्य वडा कार्यसमिति सर्वसम्मत नेतृत्व चयन भएको नेता खिल प्रसाद भुषालले
वताए । यही ९ गते पालिकास्तरिए अधिवेशन हुने जनाईएको छ ।यस अघि एमाले अध्यक्ष केपी शर्मा ओलीले देशभरका सबै स्थानीय तहका वडा अधिवेशन डिजिटल प्रविधिको प्रयोग गरी उद्दघाटन गरेका थिए । यस्तै बैजनाथ गाँउपालिकाको वार्ड नं १ क धनभक्त बुढा, वार्ड नं २ क शेर बहादुर बस्नेत ,वार्ड नं ३ क काली बाहादुर सिंह,वार्ड नं ४ क राम बाहादुर बम ,वार्ड नं ५ चन्द्र बहादुर खड्का ,वार्ड नं ६ पुतली हमाल ,वार्ड नं ७ क महेश थारु र वार्ड नं ८ क रूप लाल खत्री सर्वसम्मत निर्वाचित भएका छन् ।