घोराहीबाट तुलसीपुर गइरहेको ना ६ ख ७६३३ बस तुलसीपुर-६ मोतिपुरमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
मृत्यु हुनेका घोराही उपमहानगरपालिका-१० कटुकी बस्ने २८ वर्षका प्रेम परियार रहेका छन्।
बसमा सवार २१ जना यात्रु घाइते भएका छ्न्।
घाइतेको तुलसीपुर अस्पतालमा उपचार हुँदैछ।
घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
७ कार्तिक २०७८ मा प्रकाशित