नेपाली काँँग्रेस वैधानिक संकटमा रहेको छ ः पौडेल

पिपलबाेट संवाददाता


बाढी र पहिरोका कारण भएको धनजनको क्षति बुझ्न र पीडितलाई साथ दिन आफू पश्चिम नेपालको यात्रामा आएको वताए । उनले आईतबार कोहलपुरमा कार्यकर्ता भेटघाट गरेका हुन । नेता पौडेलले संसदको पूर्णकालका लागि आफूहरु लडेकाले अर्ली इलेक्सनको कुरा सम्भवै नभएको र यो संसदले ५ वर्षे कार्यकाल पूरा गर्ने स्पष्ट पारे । पछिल्लो समय अर्ली इलेक्सनको चर्चा यो खालि हल्लामात्र भएको र सम्भव नभएको बताए । कांग्रेसको महाधिवेशन तोकिएकै समयमा हुने र आफू त्यसकै पक्षमा रहेकाले पार्टी सभापतिलाई सचेत गराइरहेको उनले बताए । ‘केही जिल्लाको क्रियाशील सदस्यता विवाद अझै टुंगिएको छैन । चाँडो टुंगाएर प्रक्रिया अगाडि बढाउनुपर्छ’, उनले भने भने ।
डडेल्धुरामा जिल्ला सभापतिले नै बहिस्कार गरेको अवस्थामा एकलौटी हिसाबले वडा र पालिकाको अधिवेशन गराएको बताउँदै नेता पौडेलले त्यहाँ पुन अधिवेशन गराउनुपर्ने उल्लेख गरे । नेपाली काँग्रेसको १४औं अधिवेसन समयमा हुन नसक्दा पार्टि वैधानिक संकटमा रहेको वताए । नेता पौडेलले नेपाली काँग्रेसका सवै तहका कार्यसमितिहरु र केन्द्रिय सदस्यहरु सवैको समय समाप्त भएको वताए । आफुले समयमा अधिवेशन गर्नु पर्ने भन्दै आएको तर समयमा नसुन्दा अहिले पार्टि संवैधानिक संकटको निजिक पुगेको वताए ।नेपाली काँग्रेस बर्दियाका जिल्ला सभापति तथा पूर्व मन्त्री संजय गौतम , पूर्व सभासद भोला सिंदिकी, पूर्व संसद ज्ञानु केसी, नेपाली काँग्रेस बाँके जिल्ला उपसभापति फुलाराम थारु जिल्ला सचिव तप्त पौडेल क्षेत्रिय सभापति माधव राम खत्री हुर्मत न्यौपाने ,भानुभक्त भट्टराई ,नारायण प्रसाद गौडेल,नारायण सिग्देल, पोषण केसी, टेक नारायण भुषाल , विरेन्द्र शाह, कृण्ण कार्की ,राजेन्द्र श्रेष्ठ,चिन्तामणि धिताल, डिल्ली गिरी, गौरा भट्टराई ,संन्जु कुमारी चौधरी ,पुर्ण आचार्य ,सुधान्सु कोईराला, लाएतका नेता कार्यकर्ता रहेको थियो । कार्यक्रम कोहलपुर नगर सभापति बलराम शर्माको सभापतित्वमा भएको थियो । भने कार्यक्रमा स्वागत मन्तव्य नगर सचिव भुम भण्डारी ले गरेका थिए । कार्यक्रम संचालन नगर सचिव शुशिल सापकोटाले गरेका थिए ।

७ कार्तिक २०७८ मा प्रकाशित
Nabintech