लुम्बिनी प्रदेशका वन मन्त्री हमाललाई राप्ती सोनारीमा स्वागत

पिपलबाेट संवाददाता


लुम्बिनी प्रदेशका वन, वातावरण तथा भु–संरक्षण मन्त्री सुरेन्द्र हमालका लागि राप्ती सोनारीमा बधाई तथा स्वागत कार्यक्रम गरिएको छ । वन तथा वातावरण संरक्षण समन्वय समिति राप्ती सोनारी–८ सम्शेरगन्जले एक कार्यक्रमका बीच बधाई तथा स्वागत गरेको हो ।
समितिका अध्यक्ष तुलाराम खत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा बोल्दै मन्त्री हमालले वन, वातावरण तथा भु–संरक्षण गर्नका लागि मन्त्रालयले योजना बनाइरहेको बताए । उनले बाकेमा जडिबुटी प्रशोधन उद्योग स्थापना गरिने जानकारी दिए । जंगलमा सढेगलेका रुख तथा काठको चाडै ब्यवस्थापन गरिने बताए । मन्त्री हमालले प्रदेश सरकाले तिहार भन्दा पहिला नै बन ऐन कार्यन्वय गर्ने वताए । यस्तै बन डडेलो नियन्त्रण गर्न समुदाय देखि नै सवै जना लागेमा मात्र बन डडेलो वाट जंगल वचाउन सकिने वताए । यस्तै जलाधार व्यवस्थापन कार्यालय छिटै नेपालगन्जमा स्थापना गर्न आफु लागी परेको वताए । बन्य जन्तुवाट जनतामा परेको असरको बारेमा बिज्ञहरु संग छलफल गरेर मात्र कसरी निकास निकाल्न सकिन्छ सवै पक्ष संग छलफल गरेर ठोष निर्णय अगाडि वढाउने वताए । बाँके जिल्लामा राप्ती नदि वाट हुने वर्षेनी कटान नियन्त्रण गर्ने पनि आफुले प्रदेश सरकारमा कुरा उठाउने कुरा जानकारी गराए । ले नेपाली का“ग्रेसका जिल्ला सचिव तप्त पौडेल, राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु, उपाध्यक्ष धनीकुमारी खत्री, पत्रकार महासंघका पुर्बमहासचिव पोषण केसी, सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रिय सदस्य डिल्ली गिरी, नेपाली काँग्रेस राप्ती सोनारी ८ का सभापति तथा वडा नम्बर ८ का वडाअध्यक्ष खुमबहादुर बस्नेत, वन महासंघका शालिकराम डागी लगायतले बोलेका थिए । उक्त कार्यक्रम सामुदायिक वन उपभोक्ता महासंघ राप्ती सोनारीका अध्यक्ष कृष्ण केसीले संचालन गरेका थिए ।

८ कार्तिक २०७८ मा प्रकाशित
Nabintech