राप्ती सोनारीमा चित्रकता तथा वक्तृत्वकला कार्यक्रम सम्पन्न

पिपलबाेट संवाददाता


१० औं अन्तराष्ट्रिय बालिका दिवसको अवसरमा राप्ती सोनारी गाँउपालिकाका वडा नं.९का विभिन्न विद्यालयहरु विच चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । राप्ती सोनारी गाँउपालिका वडा नं.९मा रहेका विभिन्न सामुदायिक र संस्थागत विद्यालयहरु विच प्रतियोगिता भएको थियो । कार्यक्रमा गणेश मा.वि का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घन वहादुर ओलिको सभापतित्वमा सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रा.वि. (१–५ ) मा ६ विद्यालयका १२ जना छात्र र छात्रा सहभाति गरेका थिए । यसै गरी नि.मा.वि.(६–८ ) मा ४ विद्यालयका ८ जना छात्र र छात्रा सहभागि रहेका थिए । मा.वि.(९–१२)मा २ विद्यालयका ४ जना छात्र र छात्रा सहभागि रहेका थिए । चित्रकता प्रतियोगितामा तर्फ प्रा.वि मा सेन्चुरी ई.मि स्कुल छात्र कृष्ण ओली प्रथम भएका थिए ।सेन्चुरी ई.मि स्कुल छात्र विपल वि.क द्धितिय भएका थिए । जनता माविका छात्रा पुर्णिमा वि.क तृतिय भएकी थिईन् । निमावि तहको वक्तृत्वकला प्रतियोगितामा आयोजक विद्यालयका छात्रा भिमा ओली प्रथम भएकी थिईन् । द्धितिय हुनेमा जनता माविकि छात्रा मेनुका खड्का भएकी थिईन् । तृतिय गणेश मा.विकै छात्र शुवास रेग्मी भएका थिए । यस्तै मावि तह (९–१२) को वक्तृत्वकलामा प्रथम हुनेमा गणेशमावि का छात्रा स्मृती शर्मा ,द्धितियमा जनतामावि का छात्रा मिना रावत र तृतियमा गणेश मा .विका छात्र मदन भण्डारी भएका थिए । सवै प्रथम ,द्धितिय र तृतिय हुने हरुलाई शैक्षिक समाग्री सहितको पुरस्कार थिएको गणेश मा.वि.का प्रधानाअध्यापक हरि प्रसाद अधिकारी ले वताए । कार्यक्रमा अतिथि गणेश मावि प्रधानाअध्यापक हरि प्रसाद अधिकारी रहेका थिए । निर्णायक मण्डलमा बागेश्वरी क्याम्पस कोहलपुरका प्रध्यापक एकराज शर्मा र मिन वहादुर के.सि रहेका थिए । कार्यक्रममा पुरस्कारको व्यवस्थापन रुमटु रिड र गणेश मा.वि.ले गरेका थिए । सवै सहभावि विद्यालयहरु विच प्रत्येक महिनाको अन्तिम शुक्रबार सवै विद्यालयहरुको सहभागितामा अतिरिक्त क्रियाकलाप गर्ने सहमति समेत गरिएको थियो ।

९ कार्तिक २०७८ मा प्रकाशित
Nabintech