नेकपा एमालेको कोहलपुर नगरको लागी तिन जनाको उमेदवारी दावि रहेको छ । कोहलपुर नगर पालिकाका १५ वडाहरुमा सर्वसम्मत नेतृत्व चयन गरेको नेकपा एमाले कोहलपुरको नगर अध्यक्षमा भने तिन जनाको दावि रहेको छ । जसमा खिल प्रसाद भुषाल , नम प्रसाद शर्मा र कुल बहादुर भट्टराई रहेका छन् । यस्तै उपाध्यक्षमा पाँच जनाले आफ्नो उमेदवारी दावि गरेका छन् । जसमा कमल पछाई , कर्ण सिंह वि.सि. , शान्ती सुनार , रुद्र खनाल र खेम शर्मा रहेका छन् यस्तै एक सचिवको लाग्री पनि ५ जनाको उमेदवारी दावि रहेको छ । जसमा रेशम खत्री, सुमन घिमिरे, माधव रिजाल , गोमा कु. खनाल, विरेन्द्र शाही र एकनारायण चापागाई रहेका छन् । दुई उप सचिवको लागी भने ८ जनाको जनाको उमेदवारीमा दावि गरेका छन् । जसमा हेमन्त विक , कल्पना अधिकारी , भिम बहादुर नेपाली , मोति भुषाल , अन्जना धिताल , दिल बहादुर परियार , माया गौतम र दिपेन्द्र थारु रहेका छन् । बुधबार विहान १० वज्जे सम्म सर्व सम्मत गर्ने प्रयास जारी रहेका निर्वाचन समितिका सदस्य कुमार रावतले वताए । यदि सहमति नभएका विहान ११ वज्ये देखि निर्वाचन प्रक्रिया अगाडि वढाउने जानकारी दिए । कार्यसमिति सदस्यहरु भने वडा वाट ६० जनाको निर्वाचित भई सकेका छन् । यस्तै नेकपा एमालेको खजुराको प्रथम ऐतिहासिक अधिबेशन बाट गाँउ पालिका अध्यक्षमा गेहेन्द्र धिताल , उपाध्यक्षमा झग बहादुर पौडेल , सचिवमा देउमाया मगर्नी र उपसचिवमा साबिर ज्वाला र लल्लन यादव सर्व सम्मत निर्वाचित भएका छन् । यस्तै राप्ती सोनारी गाँउ पालिकामा अध्यक्ष मनोज के.सी. उपाध्यक्षमा मदन ओली, सचिवमा सुदा थारु र उप सचिवमा पुर्ण चौधरी , घनश्याम बस्नेत सर्व सम्मत निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा ४५ जना वडाहरुवाट निर्वाचित भएर आएका छन् । डुडुवा गाँउ पालिका अध्यक्षमा सकिल खाँ ,उपाध्यक्षमा विष्णु भण्डारी , सचिव विनयराज त्रिपाटि र उप सचिवमा धुर्व कुमार चौधरी वर्मा , लल्न प्रसाद पाण्डे सर्व सम्मत निर्वाचित भएका छन् । ७३ सदस्यमा कार्यसमिति वनेको छ । यस्तै नरैनापुर गाँउपालिकामा अध्यक्ष मा पनचराम यादव , उपाध्यक्षमा प्रमोद मिश्रा , सचिवमा सुनैना मिश्रा र उपसचिवमा पारसनाथ यादव , इन्द्रजित यादव सहिद ५९ सदस्य कार्यसमिति सर्वसम्वत निर्वाचित भएका छन् । यस्तै जानकी गाँउ पालिका अध्यक्षमा मिश्रा कुमार बर्मा ,उपाध्यक्षमा राम नरेश मौरे सचिवमा राजिव राम यादव र उप सचिवमा यङगेश्वरी शाह ,अशोक राना सहित ४३ सदस्य कार्य समिति सर्व सम्मत निर्वाचित भएका छन् । यस्तै नेपालगन्ज नगरमा अध्यक्ष दत्त राज आचार्य , उपाध्यक्षमा अब्दुल हकिम हल्वाई , सचिवमा मोहित शाह र उप सचिवमा दिग विजय ढुङगाना निर्वाचित भएका छन् । बैजनाथ र कोहलपुर भने भोलि निर्वाचन प्रक्रिया अगाडि वढ्ने भएको छ ।