काँग्रेस केन्द्रिय सदस्य किशोरसिंह राठौरले नेपाली काँग्रेसका संस्थापक नेताहरु कहिले पनि लोभ नगरेर पार्टि हितको लागी अगाडि बढ्ने गरेका थिए । उनीहरुले आफुले पार्टि र सरकार चलाउदा काठमाण्डौमा घर बनाउने सोच राखेनन् । वि.पि कोईराला ,गिरिजा प्रसाद कोईराला, कृष्ण प्रसाद भट्टराई , शुशिल कोईरालाहरु कहिले पनि लोभ नगरेर पार्टि संचालन गरे तर अहिलेका नेताहरु सवैलाई काठमाण्डौ मा घर गाडी चाहिने भएको छ । यसले गर्दा नेताहरु बढि महत्वकाङक्षी भएका छन् । जसका नेतालेतरुण दलले देशभरीका युवाहरुलाई समेट्दै अघि बढ्नुपर्ने आबश्यकता रहेको बताएका छन् । देशभर ६८ औँ स्थापना दिवस मनाइरहेको नेपाल तरुण दलको नेपालगन्जसँगको साइनो पनि ऐतिहासिक भएको स्मरण गराउँदै स्थापना दिवस कार्यक्रममा बोलेका प्रमुख अतिथि राठौरले पार्टीमा एकले अर्कोलाई आरोप लगाएर संगठन मजवुत हुन नसक्ने बताए । उनले तरुण दल संगठित र अनुशासित संगठन भएको भन्दै पार्टीको नीति अनुसार तरुण दल थप मजवुत बनेर लोकतन्त्रलाई नै बलियो बनाउन भूमिका खेल्न सक्नुपर्ने बताए । विचार गोष्ठी कार्यक्रममा संघीय सरकारका निवर्तमान मन्त्री गजेन्द्रबहादुर हमालले नेपाल तरुण दल ले नेपाली काँँग्रेसको चौंधौ महाधिवेसनमा पार्टि बलियो वनाउने खालको नेतृत्व छनौट गर्ने लाग्नु पर्ने वताए ।
यस्तै लुम्बिनी प्रदेश सरकारका मन्त्री सुरेन्द्र बहादुर हमालले नेपाल तरुण दलले नै पार्टिलाई सर्व सम्मत नेतृत्व वडा देखि जिल्ला सम्म गराउन भुमिका खेल्नु पर्ने वताए । पार्टी सभापति किरण कोइराला, तरुण दलका पूर्व महासचिव हुर्मत न्यौपाने, सचिव जनमजय तिमिल्सिना, पूर्व केन्द्रिय सदस्य सुदिप नरसिंह राणा, पूर्व अध्यक्ष रविन्द्र हमाल, विद्यार्थी नेता पुर्ण आचार्य, लगायतले सम्बोधन गरेका थिए । स्थापना दिवसको अवसरमा तरुण दल बाँकेले जिल्ला तरुण दलका पूर्व सभापतिद्वय सुदिप नरसिंह राणा र रविन्द्रबहादुर हमाललाई दोसल्ला ओढाएर सम्मानपत्र सहित सम्मान गरेको छ । विसं २०५४ मा नेपालगन्जमा भएको नेपाली काँग्रेसको महासमिति बैठकमा स्व. गिरिजा प्रसाद कोइरालाले बालकृष्ण खाँणको नेतृत्वमा तरुण दल पुनःस्थापनाको घोषणा गरेका थिए । स्थापना दिवसको अवसरमा आयोजित लोकतान्त्रिक आन्दोलन, नेपाली काँग्रेस र तरुणहरुको भूमिका विषयक विचार गोष्ठी कार्यक्रममा तीन दर्जन बढी युवाहरुले अन्य पार्टी परित्याग गरी तरुण दलको सदस्यता लिएका थिए । त्यसैगरी तरुण दल बाँकेले केन्द्रिय सदस्य किशोरसिंह राठौर, निवर्तमान मन्त्री गजेन्द्र बहादुर हमाल र प्रदेश मन्त्री सुरेन्द्र हमाललाई मायाको चिनो प्रदान गरेको थियो । तरुण दल नगर सभापति सन्दिपजङ्ग शाहले स्वागत मन्तब्य राख्दै तरुण दल अनुसशासित र संयमित भएर अघि बढ्ने धारणा राखेका थिए । तरुण दलका जिल्ला अध्यक्ष विरेन्द्र बहादुर शाहको अध्यक्षतामा स्थापना दिवस मनाइएको हो ।भने कार्यक्रम संचालन नेपाल तरुण दल बाँकेका सचिव विनोद रिजालले गरेका थिए ।