जीवन ज्योति विद्यालयद्धारा बर्दियाका बाढि पिडितलाई खाद्यन्न वितरण

पिपलबाेट संवाददाता


बेमौसमी बर्षातवाट आएको बाढिले ठुलो क्षेत्री पु¥यायको बार्दिया जिल्लाका बाढि पिडितहरुलाई कोहलपुरमा रहेको जीवन ज्योती बिद्यालयले खाद्य समाग्री वितरण गरेको छ । विद्यालयले बर्दियाको गेरुवा गाँउपालिका विभिन्न वडाहरुमा खाद्यन्न वितरण गरिएको थियो । राहात वितरण कार्यक्रमा नेपाली काँग्रेसका केन्द्रिय सदस्य किशोर सिंह राठोरले वर्षाका कारण पिडामा परेको वर्दिया जिल्लालाई कोहलपुरको एक निजि विद्यालयले जसरी आएर सहयोग गरेको छ । यसको लागी विद्यालय परिवार र विद्यालयलाई सहयोग गर्ने संस्था लिङ्स टु नेपाल प्रति धन्यवाद दिएका थिए । जनतालाई समस्याको समयमा राहात दिनु भनेको एउटा मानविय सेवा भएको राठोरले वताए । राहात वितरण कार्यक्रमा बोल्दै कोहलपुर जीवन ज्योति विद्यालयका प्रिन्सिपल फादर जोमन जोम्सले आफुहरुले नेपाली समाजमा वसेकाले समाजमा रहेका मानिसहरुलाई परेको जस्तो सुकै समस्यामा हुदा विद्यालयले आफुले सकेको सहयोग गर्दै आएको वताए । आफुले नेपाल भरी आएको बेमौसमी बर्षाको कारणले जनताको धान बालिमा पु¥यायको क्षतिले आफुलाई धेरै दुःख लागेको वताए । त्यसै कारणले समस्यामा परेका किसानहरुलाई सानो सहयोग गर्ने पाएकोमा आफु र विद्यालय परिवार अत्यन्त खुसी भएको वताए । विद्यालयले समय समयमा विभिन्न खालका सामाजिक सहयोग गर्दै आएको वताए । कोरोनाको महामारीमा आफुहरुले सकेजतिको सहयोग गरेको वताए । जीवन ज्योति विद्यालयले गेरुवा गाँउपालिका वडा नं. २,३र४का १५० घर परिवारलाई २५ केजि चामल वितरण गरिएको विद्यालय का शिक्षक कल्यान तिमिल्सेनाले जानकारी गराएका थिए । कार्यक्रमा विद्यालय व्यवस्थापन समिति तथा कोहलपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष चण्डी प्रसाद गैरे ,विद्यालयका सल्हाकार समिति सदस्य फुलाराम थारु र स्थानिय वडाका वडा अध्यक्षहरुको उपस्थितीमा राहात वितरण गरिएको थियो । राहात पाएपछि त्यहाँका स्थानिय जनताहरुले नेपाल सरकारले राहात पु¥याउन नसकेको समयमा एक निजि विद्यालयले आएर यसरी राहात वितरण गरेको प्रति उनिहरुको आभारी भएको प्रतिक्रिया दिएका थिए । आफ्नो घान बाढिले वगाएको समयमा घरमा खाना पकाउने समस्या भएको समयमा दिएको राहात ठुलो सहयोग भएको स्थानियको भनाई रहेको थियो ।

 

१३ कार्तिक २०७८ मा प्रकाशित
Nabintech