वैभव लक्ष्मीको सहकारी ९औं बार्षिक सभारण सभा सम्पन्न

पिपलबाेट संवाददाता


“मर्यादित व्यवसाय र प्रविधिमा सहकारी ” भन्ने मुल नाराका साथ बैभव लक्ष्मी महिला बहुउद्देश्यीय सहकारी संस्था लि. कोहलपुरको ९औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा आर्थिक वर्ष २०७८÷२०७९ को बार्षिक बजेट तथा कार्यक्रमहरु समेत पेस गरिएको थियो । कार्यक्रमा आगामी वर्षमा विभिन्न १८ ओटा कार्यक्रम गर्ने सभाले पारित गरेको छ । सहकारी २०७० साल असाढ १८ गते देखि दर्ता भई ३४ सदस्यवाट शुरु गरिएको सहकारी अहिले २७७ जना सदस्य आवद्ध रहेका छन् । कार्यक्रमा प्रमुख अतिथि जिल्ला सहकारी संघका अध्यक्ष प्रेम प्रसाद सुवेदीले सहकारीहरुलाई कोरोना महामारीले समस्यामा पारेकोले सरकारले सहकारीहरुलाई सहयोग मुखी कार्यक्रम ल्याउनु पर्ने वताए । यस्तै कार्यक्रमा कोहलपुर नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष कर्ण बहादुर थापाले कोहलपुर नगरपालिकाले सहकारी संस्थाहरुलाई साथमा लिएर अगाडि बढ्नु पर्ने आवश्यकता भएको वताए । कार्यक्रमा राष्ट्रिय सहकारी बैंकका कर्जा प्रमुख प्रकास कार्की , जिल्ला बहुउद्देश्य संघबाँकेका अध्यक्ष वल बहादुर खड्का लगाएतकाले सहकारीको ९औं बार्षिक साधारण सभाको सफलताको शुभकामना दिएका थिए । कार्यक्रमा सकहारीकी जेष्ठ सदस्य खेनुमाया पाठकलाई जेष्ठ सदस्य सम्मान गरिएको थियो । कार्यक्रमको सभापतित्व सहकारी अध्यक्ष शुभद« शर्माले गरेकी थिईन्

१३ कार्तिक २०७८ मा प्रकाशित
Nabintech