चितुवाको छाला र हड्डीसहित तीनजना पक्राउ

पिपलबाेट संवाददाता


कोहलपुर प्रहरीले चितुवाको छाला र हड्डीसहित तीनजनालाई नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय, कोहलपुरका डीएसपी रविन्द्र खनालका अनुसार, कोहलपुर नगरपालिका वडा नम्बर ११ स्थित सागर गेष्ट हाउसमा बसेका सुर्खेत र बाँकेका तीनजनाको साथबाट चितुवाको छाला एकथान र एक किलो ४० ग्राम हड्डी बरामद भएको छ ।

सागर गेष्ट हाउसको कोठा नम्बर २०५ मा बसेका सुर्खेत पञ्चपुरी नगरपालिका वडा नम्बर ७ का रमेश बयक र बसन्त विसी तथा बाँके राप्तीसोनारी गाउँपालिका वडा नम्बर ९ का हिरासिंह विकलाई प्रहरीले चितुवाको छाला र हड्डीसहित नियन्त्रणमा लिएको हो ।

चितुवा, रेडपाण्डालगायतको छाला र हड्डीको कारोबार सीमावर्ती जिल्ला बाँकेमा हुने गर्दछ । यहाँबाट भारत पु¥याउने प्रहरीको भनाई छ ।

१३ कार्तिक २०७८ मा प्रकाशित
Nabintech