कोहलपुर नगरपालिकाका , शिक्षा युवा तथा खेलकुद शाखाले आफ्नो शाखाले गरेका प्रगति विवरण र भावी योजनाहरु पत्रकार सम्मेलन माफत सर्वजनिक गरेको छ । कोहलपुर नगर शिक्षा प्रमुख अनन्त कुमार पौडयालले प्रगति विवरण सर्वजनिक गरेका छन् । कोहलपुर नगर शिक्षा शाखाले विभिन्न ११ वटा शिक्षासम्बन्धी ऐन नियम र कार्यविधिहरु वनाएको जानकारी गराएका थिए । कोहलपुर नगरपालिका शिक्षा ऐन २०७६ , शिक्षक दरबन्दी मिलान कार्यविधि २०७६ , कोहलपुर नगरपालिका शिक्षा नियमावली २०७४, कोहलपुर नगरपालिका वित्तिय समानीकरण कार्यक्रम कार्यान्वयन निर्देशिका २०७६ , अपाङ्गता भएका विद्यार्थीहरुको लेखाजोखा केन्द्र संचालन तथा व्यवस्थापन कार्यविधि २०७७ , कोहलपुर नगरपालिका विद्यालय स्थापना, कक्षाथप , स्थानान्तरण र नामाकरण सम्वन्धी कार्यविधि २०७८ , आधारभुत तह को वार्षिक मूल्याङ्कन कार्यविधि २०७८, विद्यालय बाल संरक्षण नीति ,२०७८ ,कोभिड –१९ को जोखिमरहित वातावरण मा विद्यालय पठनपाठन संचालन कार्यविधि २०७८, समावेशी नीति २०७८, र बालिका तथा समावेशी शिक्षा संञ्जाल गठन तथा परिचालन कार्यविधि २०७८ लगायतका विभिन्न कार्यविधि निर्माण गरेर कार्यन्वयन गरेको जानकारी पत्रकार सम्मेलनमा दिएका थिए । नगर शिक्षाले गरेका मुख्य उपलव्धिहरुमा कोहलपुर नगरपालिका लाई बाँके जिल्लाको पहिलो साक्षर नगरपालिका घोषणा गरेको र घोषणा गरेवाफत कोहलपुर नगरपालिकाले ५०लाख पुरस्कार जिल्ला समन्वय समितिवाट प्राप्त गरेको थियो । सो पुरस्कार रकमवाट कोहलपुर नगरपालिका वडा नं. १३मा रहेको नेपाल राष्ट्रिय मावि खड्कवारमा विद्यालय भवन निर्माण गरेको पौड्यालले वताए । दोस्रो उपलव्धि शिक्षक दरबन्दी मिलान , तेस्रो सवै विद्यालयहरुमा कम्प्युटर र वाईफई को व्यवस्था गरेको , श्रम ऐन अनुसार निजी विद्यालयले शिक्षक कर्मचारीलाई तलव भत्ता दिने प्रावधान गरेको वताए ।कोहलपुर नगर शिक्षाले दुईवटा शैक्षिक झलक प्रकाशन र शैक्षिक स्थितिको ब्रोसर प्रकाशन गरेको जानकारी गराएका थिए । साथै सवै विद्यालयको टाईमा नेपालको राष्ट्रिय झण्डा र विद्यालयको लोगो अनिवार्य गर्ने गरेको वताए । सवै विद्यालयको भवन र विद्यालयका वसमा नेपाल सरकारले तोकेको पहेँलो रङ अनिर्वाय गरेको वताए । यस्तै पत्रकार सम्मेलनमा कोहलपुर नगरपालिकाका नगर प्रमुख लुट वहादुर रावतले कोहलपुर नगर पालिकालाई शैक्षिक हपको रुपमा विकास गर्ने आफुहरुको लक्ष्य रहेको वताए । सवैभन्दा महत्व पूर्ण उपलव्धि भनेको आफुहरुले सवै सरकारी विद्यालयहरुमा दरवन्धी अनुसारको शिक्षक र स्तर अनुसारको प्राचार्य व्यवस्था गर्ने आफुहरु सफल भएको वताए । मावि विद्यालयमा प्राविको प्र.अ रहने गरेकोमा त्यस्लाई पुरै चेन्ज गरेको वताए । उनले भने आफुहरुले कोहलपुरको शैक्षिक सुधारको लागी अव देखि ५ वर्ष सम्म नयाँ विद्यालयलाई संचालन अनुमति पत्र बन्द गरेको समेत वताए । पत्रकार सम्मेलनमा कोहलपुर नगरपालिका ,समाजिक विकास समिति संयोजक नारायणी ओली , कार्यपालिका सदस्य भिम वहादुर नेपाली , ईलाका प्रहरी कोहलपुरका कार्यालय प्रमुख रविन्द्र खानाल लगाएतको सहभागिता रहेको थियो ।