पराजित मानसिकताका कारण काँग्रेसको गरिमा र प्रतिष्ठा कमजोर बन्दै ः थारु

पिपलबाेट संवाददाता


नेपाली काँग्रेस बाँके उप–सभापति पूmलाराम थारुले नेपाली काँग्रेसको गरिमा र प्रतिष्ठा कमजोर पार्न केही नेताहरु उद्दत रहेको बताएका छन् । नेपाली काँग्रेस कोहलपुर नगरपालिका वडा नं. १० को आयोजनामा सम्पन्न शुभकामना आदान प्रदानसँगै जेष्ठ एवम् एकल महिला क्रियाशील सदस्यहरुलाई सम्मान कार्यक्रमका प्रमुख अतिथि समेत रहेका थारुले मुलुकमा भएका सबै ठुला राजनीतिक परिवर्तनमा अग्रणी भूमिका निर्वाह गरेको नेपाली काँग्रेसलाई विवादबाट मुक्त गराउन आवश्यक रहेको अव केही दिनमा हुन गइरहेको वडा अधिवेशनले त्यसको झल्को दिएको विचार व्यक्त गरे । सहमतिमा नेतृत्व चयनलाई प्राथमिकता राखेर अधिवेशन सम्पन्न गर्नुपर्ने अधिकांश क्रियाशील सदस्यहरुको चाहना हुँदा हुँदै पनि केही जिम्मेवार नेताहरुले व्यक्तिवादी चरित्र हावी हुँदा विवादहरु सिर्जना भइरहेको टिप्पणी गरेका छन् । नेपाली काँग्रेसको १४ औं महाधिवेशन पछि हुन गइरहेको स्थानिय तहको निर्वाचनमा नेपाली काँग्रेसले सबै स्थानिय तहहरुमा नेतृत्व गर्ने अवशर आएकाले सबै काँग्रेस सम्बद्व नेता कार्यकर्ताहरुलाई जिम्मेवार बन्न उनले आग्रह गरे ।कार्यक्रमका विशिष्ठ अतिथि एमव् नेपाली काँग्रेस बाँके क्षेत्र नं. १ का क्षेत्रीय सभापति माधवराम खत्रीले पराजित मानसिकता बोकेका केही व्यक्तिहरुले आफ्नो चरित्र हत्या गर्नेदेखि बद्नाम गर्न कुनै कसर बाँकी नराखेको भन्दै खराव आचरण भएका पार्टी सम्बद्व व्यक्तिहरुलाई उनले आचरण सुधार्न आग्रह गरे । प्रजातान्त्रिक अभ्यासको सिलसिलामा फरक विचार र एजेण्डा रहनु स्वभाविक भएको टिप्पणी गर्दै पछिल्लो समयमा नेपाली काँग्रेस बाँकेमा देखिएको विवाद पराजित मानसिकता बोकेका केही व्यक्तिहरुको कारण सिर्जना भएको धारणा राखे । काँग्रेस सम्बद्व जुनसुकै तहले आयोजना गरेको कार्यक्रममा निर्वाध रुपमा कार्यकर्ताहरुको उपस्थिती कम हुँदै गइरहेको भन्दै आपूm निकटका कार्यकर्तालाई कार्यक्रममा जान रोक लगाउनु लोकतान्त्रिक चरित्र हुन नसक्ने उनको भनाई थियो । सबै जिम्मेवार नेतृत्वहरु अब आन्तरिक कलह र विवाद भुलेर पार्टी सुदृढिकरण र संगठन विस्तार गर्दै एकताबद्व अझै पनि नहुने हो भने ठुलो क्षती हुने बताए । नेपाली काँग्रेस महासमिति सदस्य भानुभक्त भट्टराईले केही दिनमा हुन गइरहेको पार्टीको वडा अधिवेशनमार्फत सहमतिमा नेतृत्व चयन हुनुपर्नेमा जोड दिए । गुटहरु निर्माण गरेर अधिवेशनमा जाँदा त्यसको परिणाम नकारात्मक आउने भएकाले व्यक्तिगत स्वार्थ तथा हठ त्यागेर कार्यकर्ताहरुलाई एकताको सन्देश दिन आपूmहरु तयार अहिले पनि रहेको जिकिर गरे । गुटगत भेला गरेर गाली गलौज गर्ने व्यक्ति तथा नेतृत्व कुनै पनि हालतमा प्रजातान्त्रिक हुन नसक्ने भन्दै अन्र्तघात छाडेर सच्चा काँग्रेस भएर राजनीति गर्न उनले आग्रह गरे । कार्यक्रममा नेपाली काँग्रेस कोहलपुर नगर सभापति बलराम शर्मा, नेपाली काँगैस स्थानिय तह समन्वय विभाग केन्द्रि सदस्य कृष्ण कार्की, आदिवासी जनजाती महासंघ बाँके अध्यक्ष राजेन्द्र श्रेष्ठ, कोहलपुर नगरपालिका उप–प्रमुख एवम् काँग्रेस नेतृ सञ्जु कुमारी थारु, कोहलपुर नगरपालिका वडा नं. १० वडाध्यक्ष एवम् काँग्रेस नेता निरज चलाउने लगाएत विभिन्न भातृसंगठनका पदाधिकारीहरु को उपस्थिती रहेको थियो ।  कार्यक्रममा लामो समयदेखि संगठन विस्तार एवम् संगठन सुदृढिकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै जेष्ठ एवम् एकल महिला क्रियाशील  दस्यहरुलाई कदर पत्र सहित खादा ओढाएर सम्मान गरिएको थियो । नेपाली काँग्रेस कोहलपुर वडा कार्यसमिति वडा नं. १० का सभापति ओम प्रकाश वर्णवालको सभापतित्वमा सम्पन्न कार्यक्रम वडा सचिव सनत कुमार रेग्मीले सञ्चालन गरेका थिए ।

१६ कार्तिक २०७८ मा प्रकाशित
Nabintech