बाणिज्य संघद्धारा सिडियो र एस.पि स्वागत तथा शुभ कामना आदन प्रदान

पिपलबाेट संवाददाता


कोहलपुर उद्योग बाणिज्य संघले मंगलबार एक कार्यक्रमका विच प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख लाई स्वागत गरेको छ । प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्री र प्रहरी प्रमुख श्याम कृष्ण अधिकारीलाई कोहलपुर उद्योग बाणिज्य संघले स्वागत गरेको छ । स्वागत तथा शुभकामना आदान प्रदान कार्यक्रमा उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य चक्र वहादुर अधिकारीले चार्ड पर्वको समयमा हुने चारो पैठारिको विषयमा सुरक्षा निकायले अलि वढि चासो दिनु पर्ने वताए । साथै कोहलपुर र नेपालगन्ज का वजारमा भन्दा नाका  पारि रुपैडियामा बढि किन मेल गर्ने जाने  व्यवस्थालाई सवै पक्ष लागेर नियन्त्रण गर्नु पर्ने वताए । कोहलपुर नेपालगन्जमा व्यापार गर्ने  व्यापारीहरुले कर तिर्ने अनि उपाभोक्ता सिमा पारि गएर किनमेल गर्ने यो वातावरण स्थानिय प्रशासनले रोक्नु पर्ने माग गरे । यस्तै कार्यक्रमा कोहलपुर उद्योग बाणिज्य संघका अध्यक्ष  लक्ष्मणराज पौडेलले कोहलपुर क्षेत्रमा पछिल्लो समयमा देखिएको अव्वस्थीत यातायात पार्किङलाई व्यवस्थीत गर्नु पर्ने माग गरे । साथै चार्ड पर्व समयमा हुने चोरी प्रति चनाखो रहन प्रहरी र व्यापारीलाई आग्रह समेत गरे । भन्सार देखि विभिन्न खाद्य समाग्री आउदा भन्सार कार्यालयले भन्सार लिने तर त्यस समाग्रीको डेट गएको नगएको नहेर्ने अनि व्यापारी को आएको समानमा अनुगमन गरेर व्यापारीलाई दुख दिनु भन्दा भन्सारमा नै रोक्दा व्यापारी हरुले दुःख पाउने थिएन् यस तर्फ अलि चासो पढाईदिन प्रमुख जिल्ला अधिकारीलाई आग्रह  गरे । यस्तै कार्यक्रमा प्रमुख जिल्ला अधिकारी सुर्य वहादुर खत्रीले आफु बाँके जिल्ला आएको धेरै नभएको र लगतै चार्डपर्व परेकाले सवै विषयमा अध्ययन गरेर सहज निकास निकाल आफुलागी पर्ने वताए । यस्तै बाँके प्रहरी प्रमुख श्याम कृष्ण अधिकारी ले चाडपर्व लक्षित सुरक्षा योजना वनाएको वताए । यो पछिल्लो समयमा अवैध तरिकाले पटकाहरुको कारोवार नगर्ने सवैलाई  व्यापारीलाई आग्रह सोत गरे । कार्यक्रमा नेपाल उद्योग बाणिज्य संघ लुम्बिनी प्रदेश सदस्य नरेन्द्र शर्मा , कोहलपुर उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष राजेन्द्र श्रेष्ठ, चिन्तामणी धिताल , नेपाली काँग्रेसका नगर सभापति बलराम शर्मा लगाएतको उपस्थिती रहेको थियो ।

१६ कार्तिक २०७८ मा प्रकाशित
Nabintech