राप्ती सोनारीमा महिला तथा पुरुष खुल्ला भलिबल प्रतियोगिता

पिपलबाेट संवाददाता


बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ५ बिनौनामा मंगलबारबाट महिला तथा पुरुष खुल्ला भलिबल प्रतियोगिता सञ्चालनमा आएको छ । उक्त प्रतियोगिताको कार्यक्रमका प्रमुख अतिथी एवम् राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले उद्घाटन गरेका हुन् ।

भलिबलका राष्ट्रिय रेफ्री प्रकाश शर्मालाई बल हस्तान्तरण गरेर गाउँपालिका अध्यक्षले प्रतियोगिता उद्घाटन गरेका थिए । प्रतियोगिता उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष थारुले यस्ता प्रतियोगिताले नयाँ नयाँ खेलाडीलाई जन्माउने बताए ।

 

सो क्रममा विशिष्ट अतिथी एवम् गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्री, वडा नम्बर ५ का वडाअध्यक्ष झगरु थारु लगायतले बोलेका थिए । भुवर भवानी माध्यामिक बिद्यालय राप्ती सोनारी गाउँपालिका वडा नम्बर ५ को आयोजना तथा राप्ती सोनारी गाउँपालिका कार्यालयको सहयोगमा प्रतियोगिता सञ्चालनमा ल्याइएको हो ।

प्रतियोगितामा प्रथम हुने महिला र पुरुष टिमलाई ५०/५० हजार तथा दोस्रोलाई ३५/३५ हजार पुरस्कार प्रदान गरिने बिद्यालयका प्रधानाध्यापक चेतबहादुर बिष्टले जानकारी दिए । रेफ्री शर्माका अनुसार मंगलबार पहिलो दिन पुरुष र महिलाको २/२ वटा खेल सम्पन्न भएका छन् । प्रतियोगिता यही कात्तिक १८ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।

१६ कार्तिक २०७८ मा प्रकाशित
Nabintech