दाङ र सल्यानको सिमानामा जिप दुर्घटना, एकको मृत्यु, १५ घाइते

पिपलबाेट संवाददाता


दाङ–सल्यानको कालिमाटीदेखि दाङ तुलसीपुरतर्फ आउँदै गरेको भे १ ज ५२२ नं. को यात्रुबाहक जीप सोमबार सल्यान र दाङको सीमानास्थित एक्लेवर नजिक दुर्घटना भएको छ।

दुर्घटनामा १ जनाको घटनास्थमै मृत्यु भएको छ भने १५ जना भन्दा बढी घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।

गाडीधनी सल्यान कालिमाटी–३ चौरी बस्ने ४५ वर्षीय देबबहादुर सुनारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

केही गम्भीर घाइतेलाई हेलिकप्टर मार्फत काठमाडौँ लगिएको छ ।

दुर्घटनामा परेर दंगिशरन–२ दंगालपुर बस्ने वर्ष ३० की पार्वती ओली, सल्यान कालिमाटी ३ सिमलकुना बस्ने वर्ष २८ कि रीता खत्री, सोही ठाउँ निवासी वर्ष २९ को रेशम बुढाथोकी, बबई–२ बगाले निवासी वर्ष २३ कि पबित्रा ओली, उनका छोरा वर्ष ३ का दिनेश ओली, कालिमाटी–३ कालाखोला निवासी ५ वर्षीय प्रशान्त राना, बबई–२ बस्ने वर्ष ३२ कि कमला बस्नेत, तुल्सीपुर–१५ बस्ने वर्ष १० को प्रसान्त खत्री, बाँके राप्ती सोनारी– ९ बस्ने वर्ष ३५ की पबित्रा बुढाथोकी, कालिमाटी–३ बस्ने वर्ष १७ कि सपना ओली, शान्तिनगर–४ बस्ने बर्ष ५५ कि खली ओली, बाँके कोहलपुर नगरपालिका–४ बस्ने बर्ष ३२ की दीपा ओली, उनकी दुई छोरी वर्ष १५ की संगीता बुढाथोकी र ८ बर्षकी अपेक्षा बुढाथोकी घाइते भएका छन्।

२२ कार्तिक २०७८ मा प्रकाशित
Nabintech