हुलाकबाट दु्रतहवाई डांक सेवा सञ्चालन

पिपलबाेट संवाददाता


हुलाक सेवा विभागले मंसिर बुधबारबाट सेवाग्राहीको माग र समयको गतीसंगै हुलाक सेवालाई छिटोछरितो र प्रवभावकारी बनाई नागरिक सन्तुष्ती विस्तार गर्ने योजनका साथ देशको राजधानी काठमाण्डौबाट बिराटनगर, जनकपुर, पोखरा, भैरहवा, नेपालगंज, धनगढी तथा नेपालगंजबाट जुम्ला, हुम्ला, मुगु तथा डोल्पामाहवाई मार्ग मार्फत दु्रत डांक सेवाको सुरुवात गरेको छ । हवाई द्रुत डांक सेवाको लागि विभागले श्री तथा समिट एयरलाईन्स संग डांक ढुवानी सम्झौता समेत गरेको छ ।
हवाई दु्रत डांक सेवाअन्तरगतजिल्लाहुलाककार्यालय बांकेको काउन्टरमाप्रत्येक दिन १ बजे सम्मदु्रत डांक सेवाका डकुमेन्ट दर्ता गर्ने र उक्त डकुमेन्ट सोहीदिन ४ बजे श्री एयर मार्फत काठमाण्डौ पु¥याएर सोही दिन गोश्वारा हुलाकको सवारी साधनबाट संकलन गरी २४ घण्टा भित्रप्रापक सेवाग्राहीको हातकमपुग्ने गरी छिटो छरितो तथा भरपर्दो संकलन, ढुवानी तथावितरणको व्यवस्था मिलाईएको  छ ।हवाई दु्रत डांक सेवामार्फत चिट्ठीपत्रका साथै अन्य सामाग्री समेत पठाउन सकिने छ । यसरी दर्ता भएका बस्तुहरुहुलाक सेवाको सवारी मार्फत प्रापकको ठेगाना सम्म छरितो होम डेलिभरीको व्यबस्थागरिएको छ । हुलाकको सेवालाई व्यवसायिकरण तथा विविधि करण गर्दै प्रभावकारी वनाउन आउदा दिनमायो सेवालाई सबै जिल्लामा विस्तार गरिनुका साथै छिमेकी मुलुक भारत तथा जापान जस्तै नेपालमा समेत पोष्टर कमर्सियल सेवाहरु पनि संचालनगर्ने तयारी भई रहेको हुलाक अधिकृत गोबिन्द प्रसाद पाण्डेले बताए ।

१५ मंसिर २०७८ मा प्रकाशित
Nabintech